प्रदेश २ः कलैया भयो सुनसान
बारामा थप एक जनामा कोरोना संक्रमण देखिएको छ ।

२०७७ जेठ १ बिहीबार, बिहान १०:१६ बजे१ मिनेट पढाइ

न्यूज ब्युरो, बारा । प्रदेश नं. २ को बारा जिल्लाको मुख्य क्षेत्र मानिने कलैया अहिले सुनसान भएको छ ।
जिल्ला प्रशासन कार्यालय बाराले लकडाउन लाई कडाइ गर्न निषेधाज्ञा जारी गरे पछि जिल्ला भरी सहित मुख्यत सदरमुकाम कलैया सुनसान भएको छ ।
पर्सा जिल्लामा एकाएक कोरोना संक्रमण बढ्दै गए पछि र बारा मा थप एक जना मा कोरोना संक्रमण देखिएपछि लकडाउन लाई थप कडाइ गरिएको छ ।
बैशाख ३० गते बसेको क्राइसिस मेनेजमेन्ट सेन्टरको बैठक ले कोरोना रोकथाम तथा नियन्त्रणका लागि वैशाख ३० गते जारी भएको निषेधाज्ञालाई बारामा कोरोना संक्रमण देखिए पछी थप प्रभावकारी बनाउँदै निषेधाज्ञा जारी गर्ने निर्णय गरेको थियो ।
त्यस लगत्तै आज देखि कडाई गरिएको छ । मँगलबार बारामा थप एक जना मा कोरोना संक्रमण देखिएको छ ।
बाराको विश्रामपुर गाउँपालिका ४ बलिरामपुरका १४ वर्षीय युवकमा कोरोना पोजेटिभ देखिएको बाराको प्रमुख जिल्ला अधिकारी रूद्र प्रसाद पण्डितले जनाकारी दिनुभयो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…