प्रदेश २ मा थप ३ जना सहित २४ नयाँ सँक्रमित फेला, सँख्या २४३ पुग्यो !
हाल सम्म प्राप्त बिवरण अनुसार सँक्रमित सबैको स्वास्थ्य अवस्था सामान्य रहेको जनाइएको छ ।

२०७७ बैशाख ३१ बुधबार, राति ८:३२ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । स्वास्थ्य तथा जनसँख्या मन्त्रालयले साँझ सम्मको अपडेट अनुसार थप २४ जना कोराना सँक्रमित भेटाएका छन् ।
साँझ ७ः५० बजेसम्मको अपडेट अनुसार थप २४ जना थप सँक्रमित भेटिएको पुष्टि भएको छ । यसअघि २ सय १९ सँख्या पुगेको थियो ।
अध्यावधिक विवरण अनुसार कोभिड– १९ काष्ठ भएकाहरूको जम्मा संख्या २४३ पुगेको छ ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठमाडौँको प्रयोगशाला र प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला, रुपन्देहीमा गरिएको परिक्षण अनुसार नयाँ पृष्टी भएको संख्या चौबीस २४ पुगेको हो ।
रुपन्देहीमा १२ जना, कपिलवस्तुमा ८ जना तथा प्रदेश नं. २ को पर्सा जिल्लामा ३ जनार नवलपरासीमा १ जना गरी २४ जना भेटाएको हो ।
मन्त्रालयका अनुसार, रुपेन्देही जिल्ला निवासी २२, २२, २५, २८, ३०, ३२, ३२, ३३, ४१ वर्षीय पुरुषहरू रहेका छन् । यसका साथै, ४, १०, २८ वर्षीय महिलाहरू पनि रहेको उल्लेख गरिएको छ ।
कपिलवस्तु निबासी २२, २९, ३२, ४०, ४०, ४०, ४२, ४२ वर्षीय पुरुषहरू, पर्सा निवासी ३६, ७४ वर्षीय पुरुषहरू र ३६ वर्षीय महिला, नवलपरासी निवासी ३६ वर्षीय पुरुष गरी २४ जनामा नयाँ सँक्रमण पुष्टि भएको हो ।
हाल सम्म प्राप्त बिवरण अनुसार सँक्रमित सबैको स्वास्थ्य अवस्था सामान्य रहेको जनाइएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…