थप २ कोरोना सँक्रमित पुष्टि, सँख्या २१९ पुग्यो !
सँक्रमित दुवै जना चिकित्सको सम्पर्कमा रहेको तथा उनीहरुको स्वास्थ्य अवस्था समेत समान्य रहेको

२०७७ बैशाख ३१ बुधबार, दिउँसो २:०१ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । स्वास्थ्य तथा जनसँख्या मन्त्रालयले नेपालमा कोरोना सँक्रमितको सँख्या २ सय १९ पुगेको पुष्टि गरेको छ ।
मँगलबार अबेर रातीसम्म १ सय १७ पुगेको कोरोना सँक्रमित आज थप २ जनामा पुष्टि भएपछि सँख्या २ सय १८ भएको मन्त्रालयले जनाएको छ ।
पुष्टि हुनेमा बाँकी जिल्लाको नेपालगँज वडा नं. ८ निवासी अन्दाजी बर्ष ३६ का पुरुष तथा कपिलवस्तुकै पुन एक २२ बर्षिय पुरुष रहेको छ ।
सो मध्ये धुलिखेल अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणको क्रममा बाँकेका व्यक्तिमा कोरोना पुष्टि भएको हो भने काठमान्डौंको टेकु अस्पताल प्रयोगशालामा गरिएको परीक्षणमा कपिलवस्तुको सँक्रमण पुष्टि भएको हो ।

यसअघि विभिन्न सँचारमाध्यमहरुमा जनकपुरमा समेत थप एक जनामा कोरोना पुष्टि भएको भनेर भनिएपनि मन्त्रालयले आज (बुधबार) दिउँसो २ः०० बजेसम्म पुष्टि गरेको छैनन् ।
प्रदेश नं. २ को समाजिक विकास मन्त्रालय तथा फोकल पर्सनले समेत जनकपुरमा थप कोरोना सँक्रमणबारे कुनै जानकारी नभएको प्रतिक्रिया दिएका छन् ।
दिउँसो २ बजेसम्म समाचार तयार पारुन्जेलसम्म नेपालमा जम्मा सँक्रमित सँख्या २१९ मात्र रहेको तथ्याँक रहेको छ । जो की कपिलवस्तु र बाँकेका सँक्रमित रहेका छन् ।
मन्त्रालयका अनुसार, सँक्रमित दुवै जना चिकित्सको सम्पर्कमा रहेको तथा उनीहरुको स्वास्थ्य अवस्था समेत समान्य रहेको उल्लेख गरिएको छ ।
नेपालमा कुल १८ हजार ९ सय ९१ जनामा गरिएको पिसिआर परीक्षणको क्रममा २१९ जना सँक्रमित फेला परेको हो भने ३३ जना निको पनि भएका छन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…