ठूलो परिमाणको लागुऔषध सहित एक जना पक्राउ
न्यूज ब्यूरो, सुनसरी । ठुलो परिमाणको लागु औषध (ड्रग्स) सहित एक जनालाई सशस्त्र प्रहरी बल नेपाल सुरक्षा पोष्ट चतराले पक्राउ गरेको छ। सुनसरीको सशस्त्र प्रहरी बल सुरक्षा पोष्ट चतराबाट खटिएको प्रहरी टोलीले कोशी गाउँपालिका वाड नं. १ लौकही बस्ने २४ वर्षका रोशन झालाई लागुऔषधसहित पक्राउ गरेको हो । पक्राउ परे
२०७७ बैशाख ३० मंगलबार, बेलुकी ६:०५ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, सुनसरी । ठुलो परिमाणको लागु औषध (ड्रग्स) सहित एक जनालाई सशस्त्र प्रहरी बल नेपाल सुरक्षा पोष्ट चतराले पक्राउ गरेको छ।
सुनसरीको सशस्त्र प्रहरी बल सुरक्षा पोष्ट चतराबाट खटिएको प्रहरी टोलीले कोशी गाउँपालिका वाड नं. १ लौकही बस्ने २४ वर्षका रोशन झालाई लागुऔषधसहित पक्राउ गरेको हो ।
पक्राउ परेका झा को साथबाट २ एमएलको एक सय पचासको दरले लिजेसीक,फेनारगन र डाइजेल्याब गरी ४ सय ५० थान इन्जेक्सन एमपुल ,६५ बोटल डाइलेक्स,२ वोटल फेन्सीडल तथा ६० वटा पत्तामा १४ सय ४० गोटा इपास्मो प्रोक्सीभन क्यापसुल यसैगरी नेपाली ११ हजार ८ सय १० र भारु १ हजार २ सय ३० रुपैंया तथा १ थान मोवायल सहित विहान ४ बजे पक्राउ गरेको हो।
स १० प ४६९२ नम्वरको मोटरसाईकलमा आउँदै गरेको झालाई पक्राउ गरिएको सशस्त्र प्रहरी बल नेपाल सुरक्षा पोष्ट चतराका प्रहरी निरीक्षक अशोक न्यौपानेले बताए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
लेखक
सँतोष यादव
न्यूज ब्यूरो, संवाददाता
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…