न्यूज ब्यूरो, सर्लाही । अवैध अनलाइन सट्टेबाजी र क्रिप्टोकरेन्सी कारोबारमा संलग्न रहेको आरोपमा सर्लाहीका एक युवक पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा सर्लाहीको चन्द्रनगर गाउँपालिका–३ घर भई हाल काठमाडौं महानगरपालिका–३२ बस्दै आएका २२ वर्षीय बिक्की कुमार महतो रहेका छन् ।
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार गत असोज २१ गते काठमाडौं महानगरपालिका–११ माइतीघरस्थित सडकमा शङ्कास्पद रूपमा हिँडिरहेको अवस्थामा महतोलाई नियन्त्रणमा लिइएको थियो ।
उनको खानतलासीका क्रममा ‘वानएक्सबेट’ र ‘मोबक्यास’ जस्ता एप्लिकेसनमार्फत अनलाइन सट्टेबाजी खेलाउने गरेको खुलेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार अनुसन्धानका क्रममा महतोले युएसडीटी लगायतका क्रिप्टोकरेन्सीको कारोबारमार्फत हालसम्म ३ करोड ३८ लाख ८ हजार ३५० रुपैयाँ ९१ पैसाबराबरको कारोबार गरेको पाइएको छ ।
प्रहरीले उनको साथबाट एक थान मोबाइल फोनसमेत बरामद गरेको छ ।
पक्राउ परेका महतोविरुद्ध ‘अभौतिक मुद्रा र सट्टेबाजी’ सम्बन्धी कसुरमा काठमाडौं जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता तथा प्रहरी उपरीक्षक दानबहादुर थापाले जानकारी दिएका छन् ।
प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ ।
बजारमा सस्तोमा माछा भन्ने, तौल कम दिएर ठगी धन्दा, नगर प्रहरीको अनुगमनपछि एक पौवासम्म कम
- २०८३ असोज २३ शुक्रबार
न्यूज ब्यूरो, सर्लाही । सर्लाहीको बरहथवा नगरपालिकास्थित माछा बजारमा नगर प्रहरीले अनुगमन गरेको छ । अनुगमनका क्रममा एक किलो माछा किन्दा डिजिटल तराजुमा ७२० देखि ८०० ग्रामसम्म मात्रै तौल देखाएर
पूरा पढ्नुहोस्



.png)



