सिरहामा ११० किलोभन्दा बढी गाँजासहित तीन जना पक्राउ

२०८३ असोज १७ शनिबार
बिहान १०:१९ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, सिरहा । सिरहामा सशस्त्र प्रहरीले ११० किलोभन्दा बढी प्रतिबन्धित लागुऔषध गाँजासहित तीन जनालाई पक्राउ गरेको छ ।

सशस्त्र प्रहरी बल, नेपाल नं. ७ गण हेडक्वार्टर सिरहाबाट खटिएको टोलीले विशेष सूचनाका आधारमा औरही गाउँपालिका–१ दरैया क्षेत्रबाट गाँजासहित तीन जनालाई नियन्त्रणमा लिएको हो ।

सशस्त्र प्रहरीका अनुसार शुक्रबार बिहान करिब १ः३५ बजे नेपालबाट भारततर्फ जाँदै गरेका उनीहरूको साथबाट ६ बोरा गाँजा बरामद गरिएको थियो । बरामद गाँजाको तौल ११० किलो ७६० ग्राम रहेको जनाइएको छ ।

पक्राउ पर्नेमा सिरहाको औरही गाउँपालिका–२ देउरीपट्टीका ४३ वर्षीय मिश्रीलाल सदाय, सोही स्थानका ३१ वर्षीय मनिकलाल सदाय र धनगढीमाई नगरपालिका–५ का ३३ वर्षीय श्यामसुन्दर यादव रहेका छन् ।

सशस्त्र प्रहरीका अनुसार उनीहरूले गाँजा टाउकोमा बोकेर नेपालबाट भारततर्फ लैजाँदै गरेको अवस्थामा नियन्त्रणमा लिइएको हो ।

उनीहरूको साथबाट तीन थान मोबाइल फोनसमेत बरामद भएको सशस्त्र प्रहरीले जनाएको छ । 

नियन्त्रणमा लिइएका तीनै जनालाई बरामद गाँजासहित आवश्यक कानुनी कारबाहीका लागि सम्बन्धित निकायमा बुझाउने प्रक्रिया अघि बढाइएको नं. ७ गण हेडक्वार्टर सिरहाले जनाएको छ ।

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

जनकपुरका समाजसेवी राजीव झाः जसले कपडा बैँक मार्फत सेवा, संवेदना र संकल्पको परिचय दिए

  • २०८३ असोज १७ शनिबार

न्यूज ब्यूरो, जनकपुरधाम ।  समाजसेवाको नाममा भाषण धेरै हुन्छन्, तर काम थोरैले मात्र गर्छन्। तीमध्ये एक हुन्—राजीव झा। जनकपुरधाममा क्लोथ बैंक सञ्चालन गरेर उनले हालसम्म १० हजारभन्दा बढी गरिब, असहाय,

पूरा पढ्नुहोस्

Bureau Menus