आफ्नै सालीको हत्या आरोपमा एमाले नेता जालिम मियाँका कान्छा छोरा जाफिर मियाँ पक्राउ

२०८३ असोज १६ शुक्रबार
बिहान ०७:५६ बजे
न्यूज ब्यूरो, डेस्क

वीरगन्ज, १५ असोज । पर्साको जगरनाथपुर गाउँपालिकाका पूर्वअध्यक्ष तथा नेकपा एमालेका नेता जालिम मियाँका कान्छा छोरा जाफिर मियाँ मन्सुरी पक्राउ परेका छन् ।

आफ्नै सालीको हत्या घटनामा संलग्न रहेको आरोपमा प्रहरीले जाफिरलाई बुधबार वीरगन्जबाट पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लका अनुसार जगरनाथपुर गाउँपालिका–५ स्थायी घर भई हाल वीरगन्ज महानगरपालिका–१३ मुर्लीमा बस्दै आएका करिब ४० वर्षीय जाफिरलाई ज्यानसम्बन्धी कसुर तथा सार्वजनिक न्यायविरुद्धको कसुरमा पक्राउ गरिएको हो ।

भैंसी तथा पाडा व्यापार गर्दै आएका जाफिरमाथि जगरनाथपुर गाउँपालिका–४ निवासी आफ्नी सालीको मृत्यु प्रकरणमा संलग्न रहेको आरोप छ ।

प्रहरीका अनुसार घटनाको अनुसन्धानका क्रममा यसअघि उनका दाजु नासिर अहमद मन्सुरीलाई असोज ३ गते पक्राउ गरिएको थियो । नासिर हाल प्रहरी हिरासतमा छन् ।

प्रहरीले घटनामा जाफिरको संलग्नताबारे थप अनुसन्धान गरिरहेको जनाएको छ ।

 

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

तराईको गर्मीमा आँखाको हेरचाह कसरी गर्ने ?

  • २०८३ असोज १६ शुक्रबार

न्यूज ब्यूरो, जनकपुरधाम । बढ्दो प्रदूषण, विश्व तापमानमा वृद्धिजस्ता कारण गर्मी मौसममा आँखामा विभिन्न संक्रमण देखा पर्ने गरेको छ। संक्रमण हुँदा समयमै ख्याल नगरे आँखाको दृष्टि नै गुम्न सक्छ । गर्मीका

पूरा पढ्नुहोस्

Bureau Menus