वीरगन्ज, १५ असोज । पर्साको जगरनाथपुर गाउँपालिकाका पूर्वअध्यक्ष तथा नेकपा एमालेका नेता जालिम मियाँका कान्छा छोरा जाफिर मियाँ मन्सुरी पक्राउ परेका छन् ।
आफ्नै सालीको हत्या घटनामा संलग्न रहेको आरोपमा प्रहरीले जाफिरलाई बुधबार वीरगन्जबाट पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लका अनुसार जगरनाथपुर गाउँपालिका–५ स्थायी घर भई हाल वीरगन्ज महानगरपालिका–१३ मुर्लीमा बस्दै आएका करिब ४० वर्षीय जाफिरलाई ज्यानसम्बन्धी कसुर तथा सार्वजनिक न्यायविरुद्धको कसुरमा पक्राउ गरिएको हो ।
भैंसी तथा पाडा व्यापार गर्दै आएका जाफिरमाथि जगरनाथपुर गाउँपालिका–४ निवासी आफ्नी सालीको मृत्यु प्रकरणमा संलग्न रहेको आरोप छ ।
प्रहरीका अनुसार घटनाको अनुसन्धानका क्रममा यसअघि उनका दाजु नासिर अहमद मन्सुरीलाई असोज ३ गते पक्राउ गरिएको थियो । नासिर हाल प्रहरी हिरासतमा छन् ।
प्रहरीले घटनामा जाफिरको संलग्नताबारे थप अनुसन्धान गरिरहेको जनाएको छ ।
आशाराम अस्पतालका कर्मचारीले महिनौँदेखि तलब नपाएको भन्दै प्रशासनमा निवेदन
- २०८३ असोज १६ शुक्रबार
न्यूज ब्यूरो, वीरगन्ज । वीरगन्जस्थित आशाराम अस्पताल प्रा।लि।मा कार्यरत कर्मचारीहरूले आफूहरूले काम गरेबापतको तलब महिनौँदेखि नपाएको भन्दै जिल्ला प्रशासन कार्यालय, पर्सामा निवेदन दिएका छन् । कर्मचारीहरूले अस्पतालले २०८३ साल साउन १
पूरा पढ्नुहोस्
