कमला नदी किनारको रामघाटमा 'धर्मशाला' बन्दै
पर्यटन प्रबर्द्धन कमलाको ऐतिहासिक पर्यावरण संरक्षण बचाउ हुने उदेश्यका साथ निर्माण गर्न लागिएको हो ।

२०७७ बैशाख ३० मंगलबार, दिउँसो ४:५७ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । कमला नदीको अस्तित्व बचाउने हेतु सँचालन गरिएको कमला बचाउ अभियान अन्तर्गत धर्मशालाको शिलान्यास गरिएको छ ।
आज (मँगलबार) एक कार्यक्रमबीच शहिदनगर नगरपालिकाका मेयर एवम् कमला बचाउ अभियानी उदय कुमार बरबरिया (यादव) ले धर्मशालाको शिलान्यास गरेका छन् ।
शहिदनगर नगरपालिकाको वडा नं. १ स्थित रहेको रामघाटमा धर्मशाला बन्ने भएको छ । सो धर्मशाला कमला बचाउ अभियानी र अभियानकै पहलमा बन्न लागेको अभियानका सँयोजक विक्रम यादवले जानकारी दिए ।
कमला नदीको अस्तित्व रक्षा तथा पौराणिक धार्मिक दृष्टिकोणर्ला मध्यनजर गर्दै यात्री एवम् श्रद्धालुहरुलाई सुविधाको लागि धर्मशाला निर्माण गर्न लागिएको मेयर एवम कमला बचाउ अभियानी उदय कुमार बरबरियाले जनाए ।
बरबरियाका अनुसार, कमला बचाउ अभियान धर्मशाला निर्माण कार्य पर्यटन प्रबर्द्धन कमलाको ऐतिहासिक पर्यावरण संरक्षण बचाउ हुने उदेश्यका साथ निर्माण गर्न लागिएको हो ।
शिलान्यास कार्यक्रममा समाजिक दुरी कायम गर्दै कमला बचाऊ अभियान संयोजक बिक्रम यादव, कमला बचाउ अभियानी एवम् वडा अध्यक्ष तेजिलाल यादव, कमला अभियानी बिरेन्द्र यादव, सुरेन्द्र यादव, श्याम कुमार महतो, राजकिशोर सल्हैता, सुनिल यादव, राम जिवन यादव, नरेस यादव , आशुतोष यादव , रामनाथ यादव कमला अभियानी पत्रकार सुरेस यादव लगायत कमला किनारका बासिन्दा, समाजसेवी अगुवाहरुको सहभागीता रहेको थियो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…