खतराको घण्टी : प्रदेश २ मै ४० सहित ५७ कोरोना सँक्रमित फेला, सँख्या १९१ पुग्यो !
सोमबार मात्रै रुपन्देही र कपिलवस्तुमा २३ जनामा नयाँ सँक्रमण देखिएको थियो ।

२०७७ बैशाख ३० मंगलबार, दिउँसो १:४३ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । आज फेरी पनि प्रदेश नं. २ मा ४० जनामा एकै दिन कोरोना सँक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसँख्या मन्त्रालयका अनुसार प्रदेश नं.२ को बारामा १ जना तथा पर्साबाट मात्र ३९ जना नयाँ सँक्रमित भेटाएको छ ।
यसका साथै, कपिलवस्तुमा मात्र फेरी ८ जना तथा रुपन्देहीमा ९ जना गरी आज मात्र ५७ नयाँ केस भेटाएको छ ।
यससँगै नेपालमा कोरोना सँक्रमितको सँख्या जम्मा १ सय ९१ पुगेको छ । उनीहरु सबै जना स्वास्थ्यकर्मीहरुको सम्पर्कमा रहेका छन् भने अवस्था समान्य रहेको छ ।
सोमबार मात्रै रुपन्देही र कपिलवस्तुमा २३ जनामा नयाँ सँक्रमण देखिएको थियो । सप्तरीको एक युवकमा नयाँ केस भेटाएको थियो ।

कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…