प्रदेश २ः घाँटी काटी युवकको हत्या
विहानै स्थानीयहरुले उनलाई घाँटी काटिएको अवस्थामा देखेपछि तत्कालै प्रहरीलाई खवर गरेको थियो ।

२०७७ बैशाख ३० मंगलबार, बिहान ९:३६ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, सिरहा । प्रदेश नं. को सिरहामा एक युवकको शव (लास) टाउको छिनिएको (काटिएको) अवस्था फेला परेको हो ।
सिरहाको लहान नगरपालिका वडा नं. १७ स्थित एक युवकको घाँटी काटी हत्या गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।
हत्या हुनेमा स्थानीय मो. सफिक मिँया नामक युवक हरेको प्रहरीले जनाएको छ । उनको शव आज (मँगलबार) घाँटी छिनिएको अवस्थामा फेला परेको हो ।
विहानै स्थानीयहरुले उनलाई घाँटी काटिएको अवस्थामा देखेपछि तत्कालै प्रहरीलाई खवर गरेको थियो । जानकारी पाएलगत्तै घटनास्थल पुगेका प्रहरी टोलीले मुचुल्का सुरु गरेको छ ।
उनको हत्या कसले र किन गरिएको भन्ने बारे अनुसन्धानपछि खुल्ने बताइएको छ । अहिले शवलाई पोष्टमार्टमको लागि जिल्ला अस्पताल लगिने तयारी भईरहेको जनाइएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…