एकैदिन २४ जनामा कोरोना सँक्रमण पुष्टि , सँख्या १३४ पुग्यो !
सँक्रमित ११ देखि ४० वर्षसम्मका रहेका छन् । जसमा एक ११ वर्षिय किशोरी पनि रहेकी छन् ।

२०७७ बैशाख २९ सोमबार, राति ८:१० बजे१ मिनेट पढाइ
न्यूज ब्यूरो, जनकपुरधाम । नेपालमा थप १३ जनामा कोरोना सँक्रमित फेला परेको छ । यो सँगै नेपालमा कोरोना सँक्रमितको सँख्या १ सय ३४ पुगेको छ ।
आज मात्रै २४ जनामा कोरोना सँक्रमण पुष्टि भएको हो । एकै दिनमा यतिको सँख्या पुष्टि नेपालमा सबभन्दा अधिक सँख्याको तथ्याँक हो ।
यसअघि विहानै कपिलवस्तुको १० जना, प्रदेश नं. २ को सप्तरीका १ जना तथा पुन कपिलवस्तुकै यशोधरा गाउँपालिका र बुद्धभूमि नगरपालिकामै सँक्रमित फेला परेको हो ।
रुपन्देही समरीमाई गाउँपालिका र लुम्बनी साँस्कृतिक गाउँपालिकामै १६ जना सहित बर्दियाको राजपुरबाट १ सँक्रमित फेला परेको हो ।
स्वास्थ्य तथा जनसँख्या मन्त्रालयको अनुसार कपिलवस्तुमै आज मात्र १६ जनामा सँक्रमण पुष्टि भएको छ भने ७ जना रुपन्देही तथा १ एक जना सप्तरीमा फेला परेका हुन् ।
सँक्रमित ११ देखि ४० वर्षसम्मका रहेका छन् । जसमा एक ११ वर्षिय किशोरी पनि रहेकी छन् । ३३ जना अहिलेसम्म निको भएका छन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…