प्रदेश २ मै फेरी भेटाए कोरोना सँक्रमित !
योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १ सय २१ पुगेको छ ।

२०७७ बैशाख २९ सोमबार, दिउँसो २:२० बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । सप्तरीमा पहिलो पटक कोरोना भाइरसको संक्रमित फेला परेका छन् ।
सप्तरीको डाक्नेश्वरी नगरपालिका ३ का १८ वर्षको युवका कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको नमूना परीक्षणको क्रममा ती किशोरमा कोरोना पुष्टि भएको मन्त्रालयले जनाएको छ ।
योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १ सय २१ पुगेको छ ।
नेपालमा आज (सोमबार) मात्रै थप ११ जनामा कोरोना भाइरसको सँक्रमण भएको पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसँख्या मन्त्रालयले यसअघि विहान ८ः३० बजे गरेको नयाँ अपडेट अनुसार थप १० जनामा सँक्रमण पुष्टि भएको थियो ।
सँक्रमण कपिलवस्तुको विभिन्न स्थानीय तहको १० जनामा पुष्टि भएको हो । मन्त्रालयका अनुसार, कपिलवस्तुको यशोधरा गाउँपालिका वडा नं. ५ र बुद्धभूमि नगरपालिका वडा नं। ७ एवम् १० बस्ने अन्दाजी बर्ष १८, १९, २०, २०, २४, ३० ,३१, ३४ र एक जना उमेर नखुलेको पुरुष रहेको छ ।
मन्त्रालयका अनुसार, उनीहरुको ११ जनाको स्वास्थ्य अवस्था समान्य रहेको तथा स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…