लकडाउन क्रमशः हलुका पार्न सरकारलाई निर्देशन !
व्यवस्थित रुपमा घर फर्कने व्यवस्था मिलाउन समेत निर्देशन दिएको छ ।

२०७७ बैशाख २९ सोमबार, दिउँसो १२:५० बजे१ मिनेट पढाइ
न्यूज ब्यूरो, काठमान्डौं । कोरोना भाइरस रोकथाम तथा नियन्त्रणको लागि लगाइएको लकडाउन क्रमशः विस्तारै खुकुलो पार्न निर्देशन दिइएको छ ।
आज (सोमबार) संसदीय समितिले लकडाउनलाई क्रमशः खुकुलो पार्न सरकारलाई निर्देशन दिएको हो ।
यसका साथै, कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि पीसीआर प्रविधिबाट गरिने परीक्षणलाई वृद्धि गर्न समेत निर्देशन दिएको हो ।
संघीय संसद प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकले कोरोना भाइरसको नियन्त्रणका लागि पीसीआर प्रविधिबाट गरिने परीक्षणलाई बढाउन सरकारलाई निर्देशन दिएको हो ।
यसका साथै, विदेशमा रहेका नेपालीहरुको व्यवस्थापनको लागि सम्बन्धित देशसँग कुरा भईसकेको भन्दै सोही देशमा तत्काल व्यवस्थापन गरिने जनाइएको छ ।
समितिले स्थानीय स्तरमा निर्माण गरिएका क्वारेन्टाइनलाई मापदण्ड अनुसार बनाउनुपर्ने, आइसोलेसन बेडहरु प्रयाप्त मात्रामा निर्माण गर्नुपर्ने, किसानहरुलाई मल तथा बीउबिजन उपलब्ध गराउनु पर्ने र उत्पादित वस्तु बजारसम्म पु¥याउन सहज बनाउन समेत निर्देशन दिएको छ ।
समितिले विदेशमा अलपत्र परेका कामदार र भारतसँगको सीमावर्ती क्षेत्रमा बसेका मानिसहरुलाई संक्रमण नियन्त्रण सम्बन्धी विश्वव्यापी मापदण्ड अनुसार व्यवस्थित रुपमा घर फर्कने व्यवस्था मिलाउन समेत निर्देशन दिएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…