थप ७ कोरोना सँक्रमित भेटियो, सँख्या १०९ पुग्यो !
१५ हजार ४ सय ९९ जनामा गरिएको पिसिआर परीक्षणमा १ सय ९ जना भेटाएको हो ।

२०७७ बैशाख २७ शनिबार, बिहान ८:२९ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । नेपालमा आजै ७ वट कोरोना सँक्रमित पुष्टि भएको छ । स्वास्थ्य तथा जनसँख्या मन्त्रालयले आज विहान गरेको अपडेट अनुसार ७ जना थप सँक्रमित भेटिएको हो ।
मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार उदयपुर भुल्केबाट ३ जना सहित २ जना कपिलवस्तु र १ जना प्रदेश नं. २ को छपकैयाबाट नयाँ सँक्रमित भेटाएको हो ।
मन्त्रालयको विज्ञप्तिमा उल्लेख गरिए अनुसार उदयपुरको भुल्के स्थित महिलाहरु अन्दाजी बर्ष १८,४५ र ६५ वर्षिय रहेका छन् ।
यसका साथै, कपिलवस्तुका ३ जना पुरुष समेतमा कोरोना पुष्टि भएको हो । उनीहरु १७, १८ र १८ वर्षिय पुरुषहरु हुन ।
त्यस्तै, प्रदेश नं. २ को वीरगँज छपकैयाका ६२ वर्षिय एक पुरुषमा कोरोना पुष्टि भएको छ । यससँगै नेपालमा जम्मा सँक्रमितको सँख्या १०९ पुगेको छ ।
१५ हजार ४ सय ९९ जनामा गरिएको पिसिआर परीक्षणमा १ सय ९ जना भेटाएको हो । प्रदेश २ लाई सरकारले रेडजोनमा राखेको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…