सिरहामा लकडाउन प्रभावितलाई युवा सञ्जालको राहत
न्यूज ब्यूरो, सिरहा । लकडाउनबाट प्रभावित बनेका सिरहाको विभिन्न दुई स्थानका गरिब तथा मजदुरहरुलाई राहत प्रदान गरिएको छ । सनराइज युवा सिरहा सञ्जालले गोलबजार नगरपालिका १ बल्डाडा र धनगढीमाई नगरपालिका ८ चियावारीमा १७ घरपरिवारलाई राहत वितरण गरेको हो । लकडाउनमा छाक टार्नसमेत मुस्किल भएको जानकारी पाएपछि सञ्ज

२०७७ बैशाख २७ शनिबार, बिहान ७:१० बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, सिरहा । लकडाउनबाट प्रभावित बनेका सिरहाको विभिन्न दुई स्थानका गरिब तथा मजदुरहरुलाई राहत प्रदान गरिएको छ ।
सनराइज युवा सिरहा सञ्जालले गोलबजार नगरपालिका १ बल्डाडा र धनगढीमाई नगरपालिका ८ चियावारीमा १७ घरपरिवारलाई राहत वितरण गरेको हो । लकडाउनमा छाक टार्नसमेत मुस्किल भएको जानकारी पाएपछि सञ्जालले सहयोग जुटाएर पीडितहरुको घरमै पुगेर राहत हस्तान्तरण गरेको छ ।
राहत स्वरुप १५ किलो चामल, १ किलो दाल, ३ किलो आलु, १ किलो नुन, १ लिटर तेल, एक पिस साबुन लगायतका सामाग्री प्रदान गरेको सञ्जालले जनाएको छ ।
राहत वितरणमा सञ्जाललाई सम्स नेपाल, राहुल, नबल साह तथा सञ्जालका सदस्य शोभा साह, कंचन साह, संतोष साह, विजय यादव, पारस जयसवाल लगायतकाले सहयोग गरेका थिए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…