सिरहा : डुल्न निस्किएका युवक झुन्डिएको अवस्थामा भेटिए !
पोष्टमार्टम रिपोर्ट आएपछि मात्रै घटनाबारे केहि भन्न सकिने प्रहरीले बताएको छ ।

२०७७ बैशाख २६ शुक्रबार, बिहान ११:५७ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, सिरहा । सिरहामा एक युवकको शव झुन्डिएको अवस्थामा फेला परेको छ ।
सिरहा नगरपालिका–१६, माडरका विजय महराको २० वर्षीय छोरा शत्रुधन महराको शव झुन्डिएको अवस्थामा भेटिएको हो । बिहीबार साँझ खाना खाएर डुल्न निस्किएका शत्रुधन शुक्रबार विहान मृत भेटिएका हुन् ।
गाउँदेखि करिब आधा किलोमिटर पश्चिम आँपको बगैंचामा रुखमा झन्डिएको अवस्थामा उनको शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । शव पोष्टमार्टमको लागि जिल्ला अस्पताल सिरहा पठाइएको छ ।
पोष्टमार्टम रिपोर्ट आएपछि मात्रै घटनाबारे केहि भन्न सकिने प्रहरीले बताएको छ । यसबारे थप अनुसन्धान भइरहेको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…