जनकपुर सहित देशैभरि 'दीप प्रज्वलन'
न्यूज ब्यूरो, जनकपुरधाम । विश्वमा महामारी फैलिएपछि त्यस विरुद्ध लडने योद्धाहरुप्रति सम्मान प्रकट गर्न आज दीप प्रज्वलन गरिएको हो । प्रधानमन्त्री केपी शर्माओलीले बिहीबार २५६४ औँ बुद्धजयन्तीका अवसरमा समेत दीप प्रज्वलन गर्न आग्रह गरे बमोजिम जनकपुर सहित देशैभरि आज दीप प्रज्वलन गरिएको हो । उनले २५६४ औँ बु

२०७७ बैशाख २५ बिहीबार, बेलुकी ७:१० बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । विश्वमा महामारी फैलिएपछि त्यस विरुद्ध लडने योद्धाहरुप्रति सम्मान प्रकट गर्न आज दीप प्रज्वलन गरिएको हो ।
प्रधानमन्त्री केपी शर्माओलीले बिहीबार २५६४ औँ बुद्धजयन्तीका अवसरमा समेत दीप प्रज्वलन गर्न आग्रह गरे बमोजिम जनकपुर सहित देशैभरि आज दीप प्रज्वलन गरिएको हो ।
उनले २५६४ औँ बुद्धजयन्तीका अवसरमा आज साँझ ७ बजे सबै नेपालीलाई दीप प्रज्वलन गर्न आग्रह गरेको थियो ।
प्रधानमन्त्री ओलीले कोरोना महामारीविरुद्धको लडाइँका अग्रभागमा खटिरहेका चिकित्सक, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी तथा स्वयमसेवकप्रति उच्च सम्मानस्वरुप तथा सङ्क्रमितको शीघ्रस्वास्थ्य लाभ र मृत्युवरण गरेकाको शान्तिका लागि दीप प्रज्वलन गर्न आग्रह गरेका थिए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…