नेपालमा कोरोना संक्रमण भयावह होला जस्तो छ, सजग रहौं : प्रधानमन्त्री ओली
न्यूज ब्यूरो, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा कोरोना संक्रमण भयावह हुन सक्ने लक्षण देखिएको बताएका छन् । महामारीले भयावह रुप लिन सक्ने भन्दै उनले एक संदेश जारी गर्दै सबैलाई सजग हुन पनि आह्वान गरेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकअनुसार नेपालमा हाल ९९ जनामा कोरोना सं

२०७७ बैशाख २५ बिहीबार, बिहान ११:४८ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा कोरोना संक्रमण भयावह हुन सक्ने लक्षण देखिएको बताएका छन् ।
महामारीले भयावह रुप लिन सक्ने भन्दै उनले एक संदेश जारी गर्दै सबैलाई सजग हुन पनि आह्वान गरेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकअनुसार नेपालमा हाल ९९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
प्रधानमन्त्री ओलीले कोरोना संक्रमितहरुको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन् । कोरोना भाइरसले दुनियाँलाई एउटा नयाँ भयावह त्रासदीको स्थितिमा र्पुयाएको उल्लेख गर्दै उनले कोरोनाबाट ज्यान गुमाएकाहरुप्रति श्रद्धासुपन अर्पण गरेका छन् ।
प्रधानमन्त्री ओलीले रोल्पामा बम विष्फोटमा ज्यान गुमाएका बालबालिका र कोरोना संक्रमणबाट ज्यान गुमाएकाहरुप्रति श्रद्धासुमन अर्पण गर्न तथा घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना पनि गरेका छन् ।
प्रधानमन्त्री ओलीले शान्तिको कामना गर्न र कोरोना संक्रमितको उपचारमा संलग्न स्वास्थ्यकर्मीहरु, स्वयंसेवीहरु, सहयोगीहरुप्रति ऐक्यबद्धता जनाउन आ–आफ्ना संस्था, घर र निवासहरुमा आज साँझ ७ बजे दीप प्रज्ज्वलन गर्न अनुरोधसमेत गरेका छन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…