प्रदेश २ मा सुरु भयो दोश्रो चरणको राहत वितरण
राज्यमन्त्री मण्डलले प्रदेश सरकारले राहत तथा उद्धार कार्यमा कुनै किसिमको कमि हुन नदिने प्रतिवद्धता जनाए ।

२०७७ बैशाख २४ बुधबार, बेलुकी ६:४५ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । प्रदेश २ सरकारले दोश्रो चरणको राहत वितरण कार्य सुरु गरेको छ ।
लकडाउनमा दैनिक ज्यालादारी गर्ने मजदूर तथा विपन्न परिवारका लागि दोश्रो चरणको राहत अन्तर्गत वितरण कार्य सुरु गरिएको हो । दोस्रो चरणको राहत कार्यक्रमको जनकपुरधामबाट औपचारिक प्रारम्भ भएको छ ।
प्रदेश २ को उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयलको तर्फबाट जनकपुरधाम ७ का १०५ घर परिवारलाई राहत प्रदान गर्दै वितरण कार्य सुरु गरिएको राज्यमन्त्री सुरेश मण्डलले जानकारी दिएका छन् ।
राहत स्वरुप मन्सुली चामल २५ किलो, मसुरो दाल २ किलो, खाने तेल १ लिटर, नुन १ किलो, सोयाबिन आधा किलो, हातधुने साबुन १ पिस र लुगाधुने साबुन १ पिस लगायतका राहत सामग्री प्रदान गरिएको छ ।
लकडाउन लम्बिएपछि मजदूर तथा विपन्न परिवारलाई हातमुख जोड्न समस्या नहोस् भनेर पहिलो चरणमा स्थानीय तह मार्फत् राहत वितरण गरिसकेको प्रदेश सरकारले पुनः ल्याएको दोस्रो चरणको राहत कार्यक्रम अन्तर्गत प्रदेशको आठै जिल्लामा क्रमशः राहत विरतण हुनेछ ।
राज्यमन्त्री मण्डलले प्रदेश सरकारले राहत तथा उद्धार कार्यमा कुनै किसिमको कमि हुन नदिने प्रतिवद्धता जनाए । प्रदेशवासीको हरेक सुखदुखमा प्रदेश सरकार साथ रहेको भन्दै आगामी दिनमा पनि प्रदेशवासीको रक्षा र हितका लागि लागिरहने बाचा गरे ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…