सप्तरीमा बलात्कार आरोपमा घरबाटै युवक पक्राउ
न्यूज ब्यूरो, सप्तरी । सप्तरीमा १६ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक युवक पक्राउ परेका छन् । घटनास्थलबाटै गाउँलेले सप्तरीको राजगढ गाउँपालिका–४ छातापुरका २५ वर्षीय शम्भुकुमार रामलाई नियन्त्रणमा लिई प्रहरीमा बुझाएका हुन् । सुरक्षा बेसक्याम्प पत्थरगाढाको प्रहरीलाई जिम्मा लगाउनुअघि गाउँलेले रामल

२०७७ बैशाख २३ मंगलबार, दिउँसो १२:५५ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, सप्तरी । सप्तरीमा १६ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक युवक पक्राउ परेका छन् ।
घटनास्थलबाटै गाउँलेले सप्तरीको राजगढ गाउँपालिका–४ छातापुरका २५ वर्षीय शम्भुकुमार रामलाई नियन्त्रणमा लिई प्रहरीमा बुझाएका हुन् । सुरक्षा बेसक्याम्प पत्थरगाढाको प्रहरीलाई जिम्मा लगाउनुअघि गाउँलेले रामलाई कुटपिटसमेत गरेका छन् ।
पीडितका बुबाले सोमबार जिल्ला प्रहरी कार्यालयमा दिएको उजुरी दर्ता गराएको र मंगलबार सप्तरी जिल्ला अदालतबाट म्याद थप गर्न लागिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक तिलक भारतीले बताए ।
पीडितको सोमबार नै राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अस्पतालमा स्वास्थ्य परीक्षण गरिएको छ । घरमा सुतिरहेका बेला आइतबार राति तीन जना प्रवेश गरेकामा अपरिचित दुई फरार भएको र आरोपितले बलात्कार गरेको पीडितले बताएकी छिन् ।
आरोपितले भने आपसी सहमतिमा भेटघाट गर्न एक्लै गएपनि बलात्कार नगरेको बताएका छन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…