महोत्तरीका १२ मृतक परिवारलाई प्रदेश सरकारको एक लाख, यस्तो छ मृत्युको कारण
१० जनाको मदिरा सेवनकै कारण ज्यान गएको खुलेको छ ।

२०७७ बैशाख २२ सोमबार, राति ८:३२ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, महोत्तरी । महोत्तरीमा अज्ञात रोगबाट मृत्यु भएको भनिएका १२ जनामध्ये १० जनाको मदिरा सेवनकै कारण ज्यान गएको खुलेको छ ।
महोत्तरीको भंगहा नगरपालिका ६ र ७ तथा बर्दिवास नगरपालिका १२ का गरी १२ जनाको अज्ञात रोगले मृत्यु भएको भनिएकोमा १० जनाको रक्सी सेवनकै कारण ज्यान गएको खुलेको हो । रिपार्टमा १० जनाको रक्सी सेवनका कारण, १ जनाको औंलो रोगका कारण र १ व्यक्तिको अचानक मृत्यु भएको उल्लेख छ ।
स्वास्थ्य सेवा विभागबाट आएका मेडिकल टिमका डा. अमृत पोखरेल, जिल्ला तथा प्रदेश टिमका चिकित्सक तथा स्वास्थ्यकर्मी एवं धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट समेत आएका चिकित्सकको टोलीले मृतक प्रत्येक परिवारसँग सोधपुछ गर्दै अनुसन्धान गरेको जिल्ला स्वास्थ्य कार्यालय महोत्तरीका प्रमुख नागेन्द्र चौधरीले जानकारी दिए ।
सरकारका प्रबक्ता समेत रहेका आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्र यादव र सामाजिक विकास मन्त्री नवलकिशोर साह सोमबार अनुगमन गर्न पुगेका थिए । त्यस क्रममा अनुसन्धान गर्न आएका चिकित्सकले मृत्युको कारण रक्सी नै भएको बताएका थिए ।
यता, मृत्यु भएका भंगहाको अनुगमन गर्दै मन्त्रीहरुले मृतक परिवारलाई किरिया खर्चका लागि एक लाख रुपैयाँ उपलब्ध गराउने प्रतिबद्वता जनाएका छन् । आन्तिरक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्र कुमार यादवले मृतक १२ जनाकै परिवारलाई एक लाखका दरले उपलब्ध गराउने बताए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…