अपहरण आरोपमा उजुरी दिनेविरुद्ध बस्नेत, श्रेष्ठ र खनालले पनि दिए उजुरी
न्यूज ब्यूरो, काठमाडौं । सांसदहरु महेश बस्नेत र कृष्णकुमार श्रेष्ठ (किसान) र पूर्वप्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले डा. बाबुराम भट्टराईको योजनामा आफूहरुलाई फसाउन खोजिएको बताएका छन् । नेकपाका सांसदद्वय महेश बस्नेत, कृष्णकुमार श्रेष्ठ (किसान), पूर्वआईजीपी सर्वेन्द्र खनाल र नवीन बस्नेतले मानव अधिकार

२०७७ बैशाख २२ सोमबार, बेलुकी ५:२४ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, काठमाडौं । सांसदहरु महेश बस्नेत र कृष्णकुमार श्रेष्ठ (किसान) र पूर्वप्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले डा. बाबुराम भट्टराईको योजनामा आफूहरुलाई फसाउन खोजिएको बताएका छन् ।
नेकपाका सांसदद्वय महेश बस्नेत, कृष्णकुमार श्रेष्ठ (किसान), पूर्वआईजीपी सर्वेन्द्र खनाल र नवीन बस्नेतले मानव अधिकार उल्लंघन र दुरुत्साहन भएको भन्दै राष्ट्रिय मानव अधिकार आयोगमा सोमबार उजुरी दिएका छन् ।
पुल्चोकस्थित आयोगको कार्यालयमा पुगेर उनीहरुले जनता समाजवादी पार्टीका सांसद तथा पूर्वस्वास्थ्य राज्यमन्त्री डाक्टर सुरेन्द्र यादवको अपहरण नगरेको बताएका छन् । साथै उनीहरुले उजुरीमा पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई, भट्टराईका स्वकीय सचिव विश्वदीप पाण्डे, आङकाजी शेर्पाले आफूहरुविरुद्ध कानुनअनुसार कसुर हुने कार्य गरेको बताएका छन् ।
उनीहरुले सांसद यादवले आयोगमा दिएको निवेदनमा उल्लेख भएबमोजिमको मानव अधिकारसम्बन्धी कुनै गल्ती नगरेको बताएका छन् । सांसद् यादवलाई आफूहरुले जबर्जस्ती काठमाडौं नल्याएको पनि उनीहरुले उजुरीमा जिकिर गरेका छन् ।
तत्कालीन समाजवादी पार्टीका प्रमुख सचेतक उमाशंकर अरगरियाको सल्लाह र समर्थनमा आफूहरु महोत्तरी गई सांसद यादवसँग छलफल गरेको बताएका छन् । त्यस्तै बर्दिबासमा भएको छलफलमा प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट्ने कुरामा सहमति जनाउँदै सांसद यादव काठमाडौं आउन तयार भएको पनि उजुरीमा उल्लेख गरिएको छ ।
साथै आफूहरुविरुद्ध लगाइएको आरोप झुटो भएको बताउँदै सांसद यादवले दिएको उजुरी खारेज गर्न पनि उनीहरुले आग्रह गरेका छन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…