थप ६ जना कोरोना सँक्रमित पुष्टि, सँख्या ७५ पुग्यो !
उनीहरु क्रमशः १६, २१, ३४ वर्षका पुरुष तथा ४०, ५५ र ६० बर्षिय महिलाहरु हुन् ।

२०७७ बैशाख २१ आइतबार, बेलुकी ७:५५ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । नेपालमा आज दिउँसो १० जना कोरोना सँक्रमित भेटिएको केही घण्टा नबित्दै पुनः ६ जना सँक्रमित भेटिएको छ ।
स्वास्थ्य तथा जनसँख्या मन्त्रालयले जनाए अनुसार आजसम्म नेपालमा कोरोना सँक्रमितको सँख्या ७५ पुगेको छ ।
मन्त्रालयले आज साँझ जारी गरेको विज्ञप्तिमा नेपालगँजकै वडा नं. ८ मा पुनः ६ जना सँक्रमित फेला परेको हो । सँख्या ७५ पुगेको पुष्टि गरको छ ।
दिउँसै ९ जना भेटिएकोमा पुनः नेपालगँजमै ६ जना थपिएपछि नेपालगँजमा सँक्रमितको सँख्या १५ पुगेको छ । अहिलेसम्म १३ हजार ४ सय १४ जनाको पिसिआर परीक्षणमा ७५ जना सँक्रमित भेटिएको हो भने १६ जना निको भएर घर फर्केका छन् ।
उनीहरु क्रमशः १६, २१, ३४ वर्षका पुरुष तथा ४०, ५५ र ६० बर्षिय महिलाहरु हुन् ।

कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…