जनकपुरमा नयाँ पीसीआर मेसिन ल्याइयो
नयाँ मेसिनबाट पनि पहिलेको जस्तै दैनिक १० जनाको नमुना परीक्षण हुनेछ ।

२०७७ बैशाख २० शनिबार, बेलुकी ६:३९ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । प्रदेश २ को प्रादेशिक प्रयोगशाला जनकपुरधाममा पुनः नयाँ पीसीआर मेसिन ल्याइएको छ ।
गलत नतिजा दिने पीसीआर मेसिनलाई थन्काइएपछि अर्काे मेसिन ल्याइएको हो । नयाँ मेसिन जडान गर्ने तयारी भइरहेको प्रयोगशालाले जनाएको छ ।
संघीय सरकारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यसअघिकै मोडेलको नयाँ मेसिन पठाएको प्रयोगशालाका प्रमुख रामविनय साहले जानकारी दिए । नयाँ मेसिनबाट पनि पहिलेको जस्तै दैनिक १० जनाको नमुना परीक्षण हुने साहले जानकारी दिए ।
ठूलो मेसिन पठाइदिएको भए परीक्षण गर्न सजिलो हुने भए पनि पुनः त्यही मोडेलको मेसिन पठाइएकाले परीक्षणले गति लिन नसक्ने उनले बताए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…