प्रदेश २ : गलत रिपोर्ट दिएपछि कोरोना परीक्षण प्रयोगशाला बन्द
न्यूज ब्यूरो, जनकपुरधाम । प्रादेशिक अस्पताल जनकपुरमा स्थापना गरिएको कोरोना परीक्षण गर्ने पीसीआर प्रयोगशाला बन्द भएको छ । प्रादेशिक प्रयोगशालाको पीसीआर रिपोर्टको विश्वसनीयतामाथि प्रश्न उठेपछि एक सातादेखि स्वाब परीक्षण सेवा बन्द भएको गर्नुपरेको हो । कोरोना परिक्षण गर्न प्रदेश २ मै पहिलोपटक चैत २१ गते

२०७७ बैशाख १७ बुधबार, दिउँसो १२:३८ बजे१ मिनेट पढाइ
न्यूज ब्यूरो, जनकपुरधाम । प्रादेशिक अस्पताल जनकपुरमा स्थापना गरिएको कोरोना परीक्षण गर्ने पीसीआर प्रयोगशाला बन्द भएको छ ।
प्रादेशिक प्रयोगशालाको पीसीआर रिपोर्टको विश्वसनीयतामाथि प्रश्न उठेपछि एक सातादेखि स्वाब परीक्षण सेवा बन्द भएको गर्नुपरेको हो । कोरोना परिक्षण गर्न प्रदेश २ मै पहिलोपटक चैत २१ गते जनकपुरधाम प्रादेशिक अस्पतालमा पीसीआर मेसिन जडान गरिएको थियो ।
यस प्रयोगशालामा हालसम्म १०१ जनाको स्वाब परीक्षण गरिएकोमा सबैको रिपोर्ट नेगेटिभ आएको बताइएको थियो । तर, परीक्षण गरिएकामध्ये सर्लाहीका १ जना र रौतहटका २ जना गरी ३ जनाको स्वाब पुनः काठमाडौंको टेकुस्थित राष्ट्रिय जनस्वस्थ्य प्रयोगशालामा परीक्षण गर्दा पोजेटिभ रिपोर्ट आएपछि जनकपुरको पीसीआर प्रयोगशालाको विश्वसनीयतामाथि प्रश्न उठेको हो ।
पीसीआर प्रयोगशाला बन्द भएपछि कोरोना परीक्षणका लागि स्वाब संकलन गरी राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला पठाउने गरिएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…