प्रदेश २ मा आजै ३ जनामा कोरोना पुष्टि, सँख्या ५७ पुग्यो !
जसमध्ये १६ जना निको भएर घर फर्केका छन् ।

२०७७ बैशाख १७ बुधबार, बिहान ११:११ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । प्रदेश नं. २ मा आज (बुधबार) ३ जनामा कोरोना सँक्रमण पुष्टि भएको छ ।
प्रदेश नं. २ को विभिन्न जिल्लाबाट गरिएको स्वाब सँकलनको क्रममा पिसिआर टेष्टमा ३ जनाको कोरोना सँक्रमण पुष्टि भएको हो ।
प्रदेश नं. २ का समाजिक विकास मन्त्रालयका सचिव एवम् प्रवक्ता डा. राम प्रसाद घिमिरेका अनुसार विभिन्न जिल्लाबाट आज मात्र विहानसम्म ४ जनाका कोरोना पुष्टि भएको हो ।
उहाँका अनुसार, बारा, पर्साबाट उनीहरुमा कोरोना पुष्टि भएको हो । घिमिरेका अनुसार, हिजो (मँगलबार) मात्र २ जनामा कोरोना पुष्टि भएकोमा आज ३ जनामा कोरोना पुष्टि भएको हो ।
यता, नारायणी अस्पताल वीरगँजका अनुसार, भारतको नयाँदिल्लीस्थित निजामुद्धिन मर्कजबाट आएका जमातीहरुको सम्पर्कमा रहेकाहरुलाई कोरोना संक्रमण भएको पाइएको हो।
यससँगै आजसम्म १० हजार ८ सय ७ जनामा गरिएको पिसिआर परीक्षणमध्ये अहिलेसम्म (बुधबार, बैशाख १७ गते) नेपालमा विहान ११ बजेसम्म जम्मा सँक्रमित सँख्या ५७ जना पुगेको हो ।
जसमध्ये १६ जना निको भएर घर फर्केका छन् ।
यसअघि समाजिक विकास मन्त्रालयका प्रवक्ता एवम् कोरोना सम्बन्धी अधिकारिक व्यक्ति डा. राम प्रसाद घिमिरेले प्रदेश २ मा ४ जनामा कोरोना पुष्टि भएको जानकारी दिएकोमा त्यो भूलवंश र गलत जानकारी आएको भन्दै स्वीकार गर्नुभएकोले हाम्रो समाचार माध्यमबाट प्रकाशित भएको समाचारप्रति क्षमाप्रार्थी छौं– सम्पादक
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…