महोत्तरीमा एकै गाउँका ४ जनाको रहस्यमय मृत्यु
शव पोष्टमार्टम भएपछि मात्र केही भन्न सकिने महोत्तरीका प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले बताए ।

२०७७ बैशाख १७ बुधबार, बिहान ११:०४ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, महोत्तरी । महोत्तरीमा एकै गाउँका चार जनाको रहस्यमय मृत्यु भएको छ ।
महोत्तरीको भंगहा नगरपालिका ७ मेघनाथ गोरहन्नामा स्थानीय चार जनाको ज्यान गएको हो । मृत्यु हुनेहरुमा स्थानीय ४० वर्षका मोहन चौधरी, ५२ वर्षका नथुनी चमार, ५४ वर्षका लालबाबु सिंह र बर्दिवास नगरपालिकाका ५२ वर्षका गंगाराम सदा छन् ।
मंगलबार साँझदेखि बुधबार बिहानसम्ममा उनीहरुको मृत्यु भएको प्रहरीले जनाएको छ । सबै रक्सी पिउने व्यक्ति भएकाले विषाक्त मदिराकै कारण उनीहरुको मृत्यु भएको हुन सक्ने आशंका गरिएको छ ।
तर, प्रहरीले भने शव पोस्टमार्टम नगरी रक्सीकै कारण मृत्युु भएको निष्कर्षमा पुग्न नसिकने बताएको छ । प्रहरीलाई जानकारी हुँदासम्म मृतक मध्ये तीन जनाको शव जलाई सकिएको र बाँकी एकजनाको शव प्रहरीले नियन्त्रणमा लिएको छ ।
शव पोष्टमार्टम भएपछि मात्र केही भन्न सकिने महोत्तरीका प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले बताए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…