सर्लाहीमा झगडामा एक महिलाको मृत्यु, पाँच पक्राउ
न्यूज ब्यूरो, सर्लाही । सर्लाहीमा दुई परिवारबीचको झगडामा एक महिलाको ज्यान गएको छ । हरिपूर्वा नगरपालिका–८ मा स्थानीय खोददी खातुन र सैदुन खातुनको परिवारबीचको झडामा ३५ वर्षकी सैदुन खातुनको मृत्यु भएको हो । खोददी खातुनका छोराछोरी सैदुन खातुनको प्याजबारीमा गएको विषयमा झगडा सुरु भएको थियो । सुरुमा छोराछोर

२०७७ बैशाख १६ मंगलबार, दिउँसो ४:४१ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, सर्लाही । सर्लाहीमा दुई परिवारबीचको झगडामा एक महिलाको ज्यान गएको छ ।
हरिपूर्वा नगरपालिका–८ मा स्थानीय खोददी खातुन र सैदुन खातुनको परिवारबीचको झडामा ३५ वर्षकी सैदुन खातुनको मृत्यु भएको हो ।
खोददी खातुनका छोराछोरी सैदुन खातुनको प्याजबारीमा गएको विषयमा झगडा सुरु भएको थियो । सुरुमा छोराछोरीबीच भएको झगडामा पनि अभिभावकहरु पनि मिसिएका सर्लाही प्रहरीले जनाएको छ ।
झगडाका क्रममा गम्भीर घाइते भएकी सैदुनलाई उपचारका लागि जनकपुरधामस्थित प्रादेशिक अस्पताल लैजाने क्रममा मृत्यु भएको प्रहरी प्रवक्ता तथा डिएसपी मदन कुँवरले जानकारी दिए ।
यता, कुटपिटमा संलग्न पाँच जनालाई प्रहरीले पक्राउ पनि गरेको छ । घटना सम्बन्धमा अनुसन्धान थालिएको प्रहरीले बताएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…