रौतहटमा थप दुई जनामा कोरोना संक्रमण पुष्टि
संक्रमितहरुलाई वीरगञ्ज लैजाने तयारी भइरहेको जनाइएको छ ।

२०७७ बैशाख १६ मंगलबार, दिउँसो १२:२५ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । रौतहटमा थप दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
रौतहटका दुई जना पुरुषमा मंगलबार कोरोना संक्रमण पोजिटिभ देखिएको हो । रौतहटको बृन्दावन नगरपालिका र देवाही गोनाही नगरपालिकाका ती व्यक्तिको स्वाव परीक्षणका क्रममा संक्रमण पाइएको छ ।
संक्रमितहरुलाई वीरगञ्ज लैजाने तयारी भइरहेको जनाइएको छ । यसअघि रौतहटको इशनाथ नगरपालिकामा भेटिएका एक संक्रमित ठीक भएर वीरगञ्जबाट घर फर्किसकेका छन् ।
योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ५४ पुगेको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…