चौतारा साँगाचोकगढीको क्वारेन्टाइनबाट १० जना घर फिर्ता, १७ थपिए
न्यूज ब्यूरो, सिन्धुपाल्चोक । चौतारा सांगाचोकगढी नगरपालिकाको मेलचौरमा रहेको क्षेत्रीय क्वारेन्टाइनमा राखिएका नगरपालिकाका बिभिन्न वडाका १० जना नागरिकलाई आरडिटी परीक्षण गरि घर पठाइएको छ । गत बैशाख १ गते बिभिन्न स्थानबाट नगर भित्रिएका उनिहरूलाई १४ दिन क्वारेन्टाइनमा राखि परिक्षण गरि घर पठाइएको हो । परि
२०७७ बैशाख १५ सोमबार, बेलुकी ६:४७ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, सिन्धुपाल्चोक । चौतारा सांगाचोकगढी नगरपालिकाको मेलचौरमा रहेको क्षेत्रीय क्वारेन्टाइनमा राखिएका नगरपालिकाका बिभिन्न वडाका १० जना नागरिकलाई आरडिटी परीक्षण गरि घर पठाइएको छ ।
गत बैशाख १ गते बिभिन्न स्थानबाट नगर भित्रिएका उनिहरूलाई १४ दिन क्वारेन्टाइनमा राखि परिक्षण गरि घर पठाइएको हो । परिक्षण गरिएका सबैको रिपोर्ट नेगेटिभ आएपछी घर पठाइएको हो।
त्यसैगरि चौतारा स्थित जिल्ला समन्वय समितिको भवनमा शुक्रवार ३० बेडको क्वारेन्टाइन स्थापना गरिएको छ । उक्त क्वारेन्टाइनमा शनिबार पर्वत जिल्लाबाट नगर भित्रिएका वडा न ६ गौरतीका १५ जना पुरुष, सिराहा जिल्लाबाट बच्चा सहित आफ्नो माइती स्याउले आएकि १ जना महिला र उनिसंग सम्पर्कमा आएकी १ जना महिला गरि १७ जनालाई राखिएको छ।
उक्त महिलालाई बिरामी भइ डिस्चार्ज भएको भनी नक्कली कागजात बनाइ सिराहाबाट सिन्धुपाल्चोक ल्याउने एम्बुलेन्स लाई भने बन्देउ प्रहरीले नियन्त्रणमा लिएको छ ।
कोरोना रोकथाम तथा नियन्त्रण तथा आफ्ना नागरिकको सुरक्षामा नगरपालिका लागिपरेको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
लेखक
मातृका सुवेदी
न्यूज ब्यूरो, संवाददाता
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…