ब्यूरो-रिपोर्टरसिन्धुली र उदयपुरका बौद्धिक अपांगता भएका विद्यार्थी लक्षित श्रोत कक्षामा पुग्दा
प्रदिप, म अनि गाडीको साथी उनिहरुकै गफ गर्दै काठमाडौँ फर्कियौँ । फर्किँदा बाटोभरी मोहन, रोशिका, निशा अनि अरु बालबालिका छाइरहे मन मस्तिष्कभरी । संगै हिरादेवी र उनका साथीहरु पनि मनभरी थिए । मैले मनमनै सोचेँ उनिहरु भाग्यमानी छन्, उनिहरुले पढ्न पाएका छन्, सिक्न पाएका छन्, खान, हाँस्न खेल्न पाएका छन् । यसैगरि देशैभरका बौद्धिक अपांगता भएका बालबालिकालाई विद्यालयसम्म पुर्याउने र सिक्ने, पढ्ने वातावरण पुर्याउनु जरुरी छ भन्ने मनमा लागिरह्यो ।
३ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर






