जनकपुरः महिला आफ्नै ओछयानमा मृत फेला !
पोष्टमार्टमको रिपोर्ट आएपछि मात्र भन्न सकिने बताउँदै घटनाबारे अनुसन्धान थालिएको जनाइएको छ ।

२०७७ बैशाख १५ सोमबार, दिउँसो ४:३६ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । लकडाउन जारी रहँदा धनुषामा एक महिला (युवति) आफ्नै घरको ओछयानमा मृत फेला परेकी छन् ।
धनुषाको सबैला नगरपालिका वडा नं. २ सबैला गाउँमै महिला मृत फेला परेकी हुन् । गएराती खाना खाएर सुत्न गएकी सबैला नगरपालिका वडा नं. २ बस्ने स्थानीय शुभ नारायण महतोकी अन्दाजी ३० बर्षिय श्रीमति सिकान्ती महतो मृत फेला परेकी हुन् ।
एउटा छोरा र छोरिसँग समेत सुतेकी सिकान्ती विहानै मृत देखिएपछि उनका परिवारले तत्कालै प्रहरीलाई खवर गरेको थियो ।
केही बेरमै घटनास्थल पुगेका प्रहरीले मृतकको शवलाई पोष्टमार्टमको लागि जनकपुर प्रादेशिक अस्पतालमा ल्याएको हो ।
यता, उनको मृत्यू कसरी भएको भन्ने बारे पोष्टमार्टमको रिपोर्ट आएपछि मात्र भन्न सकिने बताउँदै घटनाबारे अनुसन्धान थालिएको जनाइएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…