प्रदेश २ मा आज फेरी दुई कोरोना सँक्रमित थपिए, सँख्या ५१ पुग्यो !
आइतबार सम्म जम्मा गरिएको ९ हजार ६ सय ६८ जनाको पिसिआर परीक्षणमध्ये ५१ जनामा पुष्टि भएको हो भने १२ जना निको भएको हो ।

२०७७ बैशाख १४ आइतबार, दिउँसो १:२९ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । दुई दिनदेखि यथावत रहेको कोरोना सँक्रमित सँख्या आज (आईतबार) पुन २ जना थपिएको छ ।
प्रदेश नं. २ को वीरगँजमा थप २ जनामा कोरोना भाइरस कोभिड–१९ संक्रमण पुष्टि भएको छ । पर्साको वीरगन्ज महानगरपालिका २ र ३ का दुई पुरुषमा पीसीआर परीक्षणका क्रममा पोजिटिभ देखिएको हो ।
यससँगै नेपालमा कोरोना पुष्टि हुनेको संख्या ५१ पुगेको छ । सोही सँगै नेपालमा सँक्रमित ५१ जनामध्ये आइतबार दिउँसोसम्म १२ जना निको भएको तथ्याँक छ ।
यसअघि कोरोना संक्रमणको पुष्टि भएका छपकैयास्थित मस्जिदमा बस्दै आएका तीन भारतीय जमातीसँगको सम्पर्कमा रहेका दुई जनामा कोरोना संक्रमणको पुष्टि भएको हो ।
वीरगन्ज–३ छपकैयाका ४९ वर्षीय पुरुषलाई प्रहरीले नारायाणी अस्पताल वीरगन्जमा ल्याएको छ । उनी वीरगन्ज महानगरको सरसफाइ शाखामा कार्यरत कर्मचारी रहेका छन् ।
अर्का वीरगन्ज–२ घुसुकपुरका ५५ वर्षीय पुरुषलाई पनि भर्खरै अस्पताल ल्याइएको छ। उनलाई शंकास्पद ठानी सिदार्थ माविको क्वारेन्टाइनमा राखिएको थियो ।
कोरोना संक्रमित भारतीय जमातीसँग सम्पर्कमा रहेका वीरगन्ज मअहानगरो वडा नम्बर १,२ र ३ का १४६ जना र पर्सा जिल्लाका विभिन्न क्वारेन्टाइनमा राखिएका ४१ गरी १८७ जनाको स्वाब संकलन परीक्षणका लागि काठमाडौं पठाइएको थियो ।
आइतबार सम्म जम्मा गरिएको ९ हजार ६ सय ६८ जनाको पिसिआर परीक्षणमध्ये ५१ जनामा पुष्टि भएको हो भने १२ जना निको भएको हो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…