कोरोनामा रमदान : यसपाली घरमै नमाज, परिवारसँग मात्रै ईफ्तार
नदेखिए ३० औँ दिन मनाइने गरिन्छ । इस्लामिक पात्रोअनुसार ३१ औँ दिन नहुने जनाइएको छ ।

२०७७ बैशाख १३ शनिबार, बेलुकी ५:०४ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । मुस्लिम धर्मावलम्बीले सामाजिक दूरी कायम गर्दै घर घरमै रही एक महिने कठोर रमजान व्रत शुरु गरेका छन् ।
इस्लामिक पात्रोअनुसार नवौँ महिनामा रमजान व्रत गर्ने विधि रहेको मुस्लिम समाज जनकपुरका रियाज साफीले जानकारी दिए ।
एक महिनाभर मुस्लिम समुदायले बिहान सूर्योदय हुनुअघिदेखि सूर्यास्त नभएसम्म पानीसमेत खाँदैनन् ।
व्रतका बेला मुस्लिम समुदायले मस्जिदमा गई कुरानको केही भागका रुपमा नमाज पढ्ने गरेकामा यस वर्ष कोरोना भाइरसको जोखिम हुन नदिन जारी बन्दाबन्दीले घरमै बसेर व्रतलगायत नमाज पढ्ने विधि गरिरहेका छन् ।
एक महिनापछि व्रत समापनका अवसरमा पनि सामाजिक दूरी कायम गरेर इदुल फित्र मनाइने तयारी भइरहेको साफीले जानकारी दिए ।
शुक्रबार मुस्लिम आयोगले घर घरमै रमजान पर्व मनाउन आह्वान गरेको थियो । सोही अनुसार कोरोनको महामारीलाई मध्यनजर गर्दै जनकपुर सहित अन्य ठाउँमा मुस्लिम धर्मावलम्बीहरुले घरमै नमाज पढने भएको छ ।
यसका साथै, कोरोनाको सँकट हेर्दै एक महिनासम्म गरिने इफ्तार पार्टी (सामुहिक भोजन) लाई पनि कटौती गरी परिवारसँग मात्र गर्ने साफीले बताए । उनका अनुसार, ईफ्तार पार्टीमा छरछिमेक, नातागोतालाई समेत बोलाएर खुवाउदै आएकोमा लकडाउनलाई पालना गरी ईफतार पार्टी परिवारसँग मात्रै गर्ने बताए ।
देशभरका मुस्लिम समुदायले भक्तिको महिनाका रुपमा मनाउने भएकाले यसबाट पाप नाश हुने धार्मिक विश्वास रहेको छ ।
वर्षमा कुनै त्रुटि भएको भए यसै अवसरमा अल्लाहसँग क्षमायाचना गर्ने मुस्लिम समुदायको परम्परा छ ।
रमजान व्रतपछि आउने इदुल फित्र मुस्लिम धर्मावलम्बीको पहिलो चाड हो । जुन पर्व आजको २९औँ दिनमा चन्द्रमा देखिए त्यसको भोलिपल्ट मनाइन्छ ।
नदेखिए ३० औँ दिन मनाइने गरिन्छ । इस्लामिक पात्रोअनुसार ३१ औँ दिन नहुने जनाइएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

लेखक
न्यूज ब्यूरो, डेस्क
न्यूज ब्यूरो, संवाददाता
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…