लकडाउनः हवाई उडान आजदेखि २० दिन हुँदैन
यसअघि बैशाख १८ गतेसम्म हवाई उडानहरु स्थगित गरिएकोमा आज पुनः मे १५ सम्म लम्बाउने भएको छ ।

२०७७ बैशाख १३ शनिबार, दिउँसो ३:४९ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, काठमान्डौं । कोभिड–१९ सम्बन्धी आज बसेको उच्चस्तरीय समन्वय समितिले आन्तरिक तथा अन्ताराष्ट्रिय उडान अझै २० दिन नउडने निष्कर्ष निकालेको हो ।
आज बसेको बैठकबाट लकडाउनको कारण नेपालमा कोरोनो नियन्त्रणमा आएको भन्दै यसलाई निरन्तरता दिँदै आगामी जेठ २ गतेसम्मको लागि उडानहरु स्थगित गर्ने निर्णय गरिएको हो ।
‘हवाई उडानहरु अप्रिल ३० सम्म स्थगित थियो । यसलाई १५ सम्म लम्ब्याउने निर्णय भएको छ, प्रधानमन्त्री कार्यालयका सचिव नारायण विडारीले बताए ।
यसअघि बैशाख १८ गतेसम्म हवाई उडानहरु स्थगित गरिएकोमा आज पुनः मे १५ सम्म लम्बाउने भएको छ ।
सुरूमा प्रधानमन्त्री केपी शर्मा ओलीले पहिलोपटक देशबासीलाई सम्बोधन गर्दै चैत ९ देखि १८ गतेसम्म नेपाल आउने अन्तर्राष्ट्रिय उडानमा रोक लगाउने घोषणा गरेका थिए । त्यसपछि वैशाख ३ सम्म प्रतिवन्ध लम्बाइएको थियो । त्यसपछि फेरि १८ गतेसम्म प्रतिवन्ध विस्तार भएको थियो ।
यता, मन्त्रीपरिषदको बैठकमा लकडाउनका कारण कोरोना उपर नियन्त्रण पाएको भन्दै लकडाउनको अवधी अझै बढाउने सँकेत दिइएको छ । कहिलेसम्म बढाउने भने निर्णय अहिले भएको छैनन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…