लकडाउन विषयमा छलफल गर्न आज बैठक बस्दै
न्यूज ब्यूरो, काठमाडौं । कोरोना भाइरसको महामारी रोकथाम तथा नियन्त्रणका लागि देशभर लागू भइरहेको लकडाउन वैशाख १५ गतेपछि कस्तो बनाउने भन्ने विषयमा आज (शनिबार) छलफल हुने भएको छ । चैत ११ देखि लागू लकडाउनको दोस्रोपटक बढाइएको अवधि वैशाख १५ अर्थात् सोमबार सकिँदै छ । त्यसपछि लकडाउन कस्तो बनाउने भन्ने विषयमा

२०७७ बैशाख १३ शनिबार, बिहान ९:३४ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, काठमाडौं । कोरोना भाइरसको महामारी रोकथाम तथा नियन्त्रणका लागि देशभर लागू भइरहेको लकडाउन वैशाख १५ गतेपछि कस्तो बनाउने भन्ने विषयमा आज (शनिबार) छलफल हुने भएको छ ।
चैत ११ देखि लागू लकडाउनको दोस्रोपटक बढाइएको अवधि वैशाख १५ अर्थात् सोमबार सकिँदै छ । त्यसपछि लकडाउन कस्तो बनाउने भन्ने विषयमा छलफल गर्न उपप्रधानमन्त्री ईश्वर पोखरेलको संयोजकत्वामा रहेको कोभिड(१९ उच्चस्तरीय रोकथाम तथा नियन्त्रण समितिको बैठक अहिले बिहान ११ बजे बस्ने भएको हो ।
शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले लकडाउनबारे सामान्य छलफल गरे पनि बैठक अध्यादेश फिर्ता लिने विषयमा केन्द्रित रहेकाले प्रधानमन्त्री केपी शर्मा ओलीले यसको जिम्मा उच्चस्तरीय समितिलाई दिएको स्रोतले जनाएको छ ।
नेपालमा कोरोना संक्रमितको संख्या ४९ पुगिसकेको छ भने दिनदिनै जसो थपिने क्रम रहेकाले लकडाउन खुल्ने सम्भावना भने न्यून रहेको देखिएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…