जनकपुरमा कोरोना परीक्षण स्थगित
न्यूज ब्यूरो, जनकपुरधाम । प्रादेशिक अस्पताल जनकपुरमा गरिँदै आएको स्वाब परीक्षणको कार्य स्थगित गरिएको छ । स्वाव परीक्षण गर्ने मेसिन माथि नै शंका उत्पन्न भएपछि पीसिआर परिक्षण कार्य स्थगित गरिएको हो । बिहीबार सर्लाहीका १४ वर्षीय एक किशोरमा पीसिआर चेकजाँच गर्ने क्रममा मेसिनले गलत रिपोर्ट दिएको आशंका चिक

२०७७ बैशाख १२ शुक्रबार, राति ९:१२ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । प्रादेशिक अस्पताल जनकपुरमा गरिँदै आएको स्वाब परीक्षणको कार्य स्थगित गरिएको छ ।
स्वाव परीक्षण गर्ने मेसिन माथि नै शंका उत्पन्न भएपछि पीसिआर परिक्षण कार्य स्थगित गरिएको हो । बिहीबार सर्लाहीका १४ वर्षीय एक किशोरमा पीसिआर चेकजाँच गर्ने क्रममा मेसिनले गलत रिपोर्ट दिएको आशंका चिकित्सकहरुले गरेका छन् ।
त्यसैले चेकजाच कार्य बन्द गरिएको अस्पतालले जनाएको छ । जनकपुरमा स्वाब परीक्षण गर्दा कोरोना भाइरसको नतिजा नेगेटिभ आएका एक किशोरको रिपोर्ट बिहीबार काठमाडौँस्थित राष्ट्रिय प्रयोगशाला टेकुले पोजेटिभ देखाएपछि पीसीआर मेसिनको गुणस्तरीय माथि नै शंका उत्पन्न भएको छ ।
प्रादेशिक अस्पताल जनकपुरमा अहिलेसम्म जाँच गरेका सयभन्दा बढी स्वाब परीक्षणको रिपोर्ट नेगेटिभ आएको छ । बिहीबार फरक नतिजा आएपछि ती सबै नमुना शंकाको घेरामा परेका छन् ।
प्रादेशिक प्रयोगशालाका निमित्त निर्देशक रामविनय साहले फरक नतिजा आउनुमा पीसीआर मेसिन प्रमुख कारण रहेको बताए । कम गुणस्तरको मेसिन जडान भएकाले भरपर्दो नतिजा आउन नसकेको उनले बताए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…