नेपालमा थप ११ जना सँक्रमित थपिए, सँख्या ४२ पुग्यो
विज्ञप्तिमा ४२ जना अपडेट गरिएको छ भने डिजिटल रेकर्ड तथ्याँकमा ४३ जना भनेर देखाएको छ ।

२०७७ बैशाख ९ मंगलबार, बेलुकी ७:४९ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । उदयपुरमा थप ११ जनामा संक्रमण पुष्टि भएपछि नेपालमा कोरोना संक्रमितको संख्या ४२ पुगेको छ ।
उदयपुर जिल्ला त्रियुगा नगरपालिका स्थित भुल्केमा शंकास्पदको परिक्षण गर्दा १२ जनाको नतिजा पोजेटिभ हुँदा नेपालमा कुल सँक्रमित सँख्या ४२ पुगेको हो ।
उनीहरुको बिराटनगर स्थित कोशी अस्पतालमा उपचार भईरहेको स्वास्थ्य तथा जनसँख्या मन्त्रालयले जनाएको छ । उनीहरूको संसर्गमा रहेका २६० जनाको काठमाडौँ स्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परिक्षण गरिएकोमा ३ जनाको नतिजा पोजेटिभ देखिएको उल्लेख गरिएको छ ।
यसका साथै २० जनाको हाल परिक्षण भैरहेको छ भने अन्य थप ६९ जनाको परिक्षणको लागि बिराटनगर स्थित कोशी अस्पतालमा हिजै (सोमबार) नमुना पठाइएकोमा अस्पतालबाट ८ जनाको नतिजा पोजेटिभ देखिएपछि थप परिक्षणको लागि आज (मँगलबार) वी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाएको थियो ।

अस्पतालमा परीक्षण गर्दा थप पुष्टि भएपछि उनीहरुलाई पनि हाल बिराटनगर स्थित कोशी अस्पतालमा उपचारका लागि पठाइएको स्वास्थ्य मन्त्रालयद्धारा जारी गरिएको प्रेस विज्ञप्तिमा उल्लेख छ ।
हाल पुष्टी भएका संक्रमितहरूमा १८, १८, २०, ३३, ४०, ४१, ४१, ५२ र ५८ वर्षीय पुरुष, ३६ बर्षीय महिला र १ जना उमेर नखुलेको महिला गरी जम्मा ११ जना नतिजा पोजेटिभ देखिएको छ ।
यसरी हाल सम्मको अध्यावधिक विवरण (अपडेट) अनुसार नेपालमा कोभिड– १९ पुष्टी भएको संख्या ४२ पुगेको छ । सबैको स्वास्थ्य अवस्था सामान्य रहेको छ भने ४ जना निको भएर घर फर्कीसकेका छन् ।
यद्यपी, स्वासथ्य मन्त्रालयको विज्ञप्तिमा ४२ जना अपडेट गरिएको छ भने डिजिटल रेकर्ड तथ्याँकमा ४३ जना भनेर देखाएको छ ।

कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

लेखक
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…