मिथिला बिहारी नगरपालिकामा राहत वितरण सुरु
न्यूज ब्यूरो, धनुषा । धनुषाको मिथिला बिहारी नगरपालिकामा राहत वितरण कार्य सुरु गरिएको छ । लकडाउनबाट प्रभावित नागरिकलाई नगरपालिकाले राहत दिने कार्य सुरु गरेको हो । जस अन्तर्गत् आज वडा १ भुतहीमा २८८ घर परिवारलाई राहत वितरण गरिएको छ । राहत स्वरुप १५ किलो चामल, दाल ३ किलो, तेल १ लिटर, नुन १ किलो, नगद रु

२०७७ बैशाख ७ आइतबार, राति ११:१० बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, धनुषा । धनुषाको मिथिला बिहारी नगरपालिकामा राहत वितरण कार्य सुरु गरिएको छ ।
लकडाउनबाट प्रभावित नागरिकलाई नगरपालिकाले राहत दिने कार्य सुरु गरेको हो । जस अन्तर्गत् आज वडा १ भुतहीमा २८८ घर परिवारलाई राहत वितरण गरिएको छ ।
राहत स्वरुप १५ किलो चामल, दाल ३ किलो, तेल १ लिटर, नुन १ किलो, नगद रु ५०० प्रदान गरिएको छ ।
लकडाउनमा गरिब, विपन्न तथा दैनिक ज्यालादारीमा निर्भर मजदुरहरु भोकभोकै रहेको अवस्थामा नगरपालिकाले राहत वितरण कार्य सुरु गरेको हो । नगरप्रमुख अनिल कुमार यादवले कोहि भोको नरहने गरी राहत वितरण गरिने बताए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…