जनकपुरमा पैसा फाल्ने महिलाको रिपार्ट अबेर साँझसम्म आउनसक्ने
न्यूज ब्यूरो, जनकपुरधाम । जनकपुरमा पैसा फाल्ने दुई महिलाको पीसीआर रिपार्ट आज अबेर साँझसम्म आउन सक्ने भएको छ । शनिबार पक्राउ परेकी ती दुबै महिलाको हिजै आरडिटी टेस्ट गर्दा रिपार्ट पोजेटिभ आएको थियो । त्यसपछि उनीहरुको स्वाव संकलन गरि पीसीआर टेस्ट भइरहेको छ । आज अबेर साँझसम्म उनीहरुको रिपोर्ट आउनसक्ने स

२०७७ बैशाख ७ आइतबार, दिउँसो ३:४३ बजे१ मिनेट पढाइ
न्यूज ब्यूरो, जनकपुरधाम । जनकपुरमा पैसा फाल्ने दुई महिलाको पीसीआर रिपार्ट आज अबेर साँझसम्म आउन सक्ने भएको छ ।
शनिबार पक्राउ परेकी ती दुबै महिलाको हिजै आरडिटी टेस्ट गर्दा रिपार्ट पोजेटिभ आएको थियो । त्यसपछि उनीहरुको स्वाव संकलन गरि पीसीआर टेस्ट भइरहेको छ ।
आज अबेर साँझसम्म उनीहरुको रिपोर्ट आउनसक्ने सम्भावना रहेको प्रदेश २ का कोरोना रिपोर्ट सम्बन्धि आधिकारिक व्यक्ति रामप्रसाद घिमिरेले न्यूज ब्यूरोलाई जानकारी दिए । उनले भने, ‘ल्याबमा सहज भए आजै अबेर साँझसम्म रिपोर्ट आई सक्नुपर्छ ।’
पीसीआर रिपोर्ट नआउँदै सामाजिक सञ्जालमा आइसकेको भनेर कतिपयले पोष्ट गरेपछि उनले यसको खण्डन गरेका हुन् ।
(सर्वसाधारणमा थप त्रास सिर्जना नहोस् भनेर हामी कोरोना सम्बन्धि समाचारप्रति संवेदनशील छौं । सामाजिक सञ्जालमा रिपार्ट आइसकेको भनेर आएपछि हामीले साढे तीन बजेतिर प्रदेश २ को कोरोना रिपोर्ट सम्बन्धि आधिकारिक व्यक्ति रामप्रसाद घिमिरेसँग सम्पर्क गरेर पुष्टि गर्न खोज्यौं । उहाँले हालसम्म नआएको र अबेर साँझसम्म आउनसक्ने बताउनुभएपछि सोही आधारमा हामीले अबेर साँझसम्म रिपोर्ट आउनेसक्ने भनेर समाचार प्रकाशित गर्यौं । तर, प्रदेशको सामाजिक विकास मन्त्रालयको ४ बजेको मिडिया ब्रिफिंगमा भने उहाँले रिपोर्ट सार्वजनिक गर्नुभएको छ । ती दुबै महिलाको पीसीआर रिपोर्ट निगेटिभ आएको छ । - सम्पादक)
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…