प्रदेश २ सरकारद्धारा दोश्रो चरणको राहत घोषणा, घरमै पुर्याइदिने
उपकरण खरिदका लागि ६८ करोड निकासा, नारायणी अस्पताललाई ५० लाख

२०७७ बैशाख ७ आइतबार, दिउँसो १:४६ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । कोराना महामारी नियन्त्रणका लागि सरकारले घोषणा गरेको लकडाउनका कारण समस्यामा परेका गरिब तथा दैनिक ज्यालादारीका मजदुरहरुको लागी प्रदेश २ सरकारले दोश्रो चरणको राहत प्याकेजको घोषणा गरेको छ ।
मन्त्रीपरिषद्को आज सम्पन्न बैठकले लक्षित परिवारको घरमा सोझै राहत पु¥याउने गरि दोस्रो चरणको राहत प्याकेजको घोषणा गरिको हो । पहिलो चरणमा प्रदेश सरकारले स्थानीय तह मार्फत राहत वितरणको कार्यक्रम ल्याएपनि कतिपय स्थानीय तहले अझै राहत वितरण गर्न सकेको छैन ।
त्यसलाई मध्यनजर गर्दै प्रदेश सरकारले पीडित परिवारलाई वडा कार्यालयको समन्वयमा सोझै घरमै राहत पु¥याउने योजना ल्याएको हाृे । स्थानीय तहहरुले प्रदेश सरकारलाई बुझाएको पीडित परिवारहरुको लिष्टको आधारमा प्रदेश सरकारले जिल्ला स्थित घरेलु तथा साना उद्योग कार्यालय मार्फत राहत सामग्री खरिद गरि प्याकेट तयार गरेरै लिष्ट सहित वडालाई जिम्मा लगाउने र वडाले प्याकेट प्राप्त गरेको २४ घण्टा भित्र सम्बन्धित परिवारको जिम्मा लगाउने प्रावधान राखिएको छ ।
स्थानीय तहले बुझाएको लिष्टमा कुनै समस्या देखिए जिल्ला विपद व्यवस्थापन समिति र प्रदेश सभा सदस्यहरुले छानविन गरि वास्तविक पिडितको पहिचान गरिने व्यवस्था समेत गरिएको छ । त्यसैगरि मन्त्रीपरिषद्को बैठकले कोरोना महामारी नियन्त्रणको लागि आवश्यक उपकरणहरु खरिद गर्न ६८ करोड रुपैया निकासा पनि गरेको छ ।
उक्त रकमले थप पिसिआर मेसिन सहितका अन्य उपकरणहरु खरिद गरिने जनाएको छ । यस्तै, बैठकले नारायणी उपक्षेत्रीय अस्पताललाई कोरोना विरामीहरुको उपचारका लागि आवश्यक व्यवस्था गर्न ५० लाख रुपैया दिने निर्णय समेत गरेको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…