जनकपुरमा फेरी पनि शंकास्पद नोटहरु फेला
प्रहरीका अनुसार नोटहरुलाई टेस्टको लागि लगिएको हो ।

२०७७ बैशाख ७ आइतबार, बिहान ८:३८ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । गत शुक्रबार मात्र जनकपुरमा शंकास्पद नोटहरु फेला परेको तीन दिन नबित्दै पुनः शंकास्पद नोटहरु फेला परेको छ ।
जनकपुरधाम उपमहानगरपालिका वडा नं. २ कदमचोकको एक किराना पसल अगाडी शंकास्पद नोटहरु फेला परेपछि प्रहरी हलचलमा आएको हो ।
आज (आईतबार) विहान करिब ५ः४५ बजेको समयमा शंकास्पद नोटहरु देखेपछि पसलेले प्रहरीलाई खवर गरेको थियो । सोही समयमा डयुटिमै रहेको प्रहरीले जिल्लामा खवर गरेको थियो ।
केही बेरमै जिल्ला प्रहरी कार्यालय धनुषाको मोबाइल टोली आएर नोटहरु पूर्ण सुरक्षाका साथ उठाएर लगिएको जनाइएको छ । प्रहरीका अनुसार नोटहरुलाई टेस्टको लागि लगिएको हो ।
कदमचोक स्थित रहेको उक्त किराना पसल (नाम गोप्य राखिएको) को अगाडी ५ को भारु नोट, १० को नेपाली नोट र ५ को नेपाली नोट गरी ३ वटा नोटहरु देखिएको थियो ।
यस बारे अरु थप विवरण आउन भने बाँकी छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…