थप १ जनामा कोरोना पुष्टि, सँख्या ३१ पुग्यो !
संक्रमितमध्ये तीन जना उपचारपछि डिस्चार्ज भइसकेका छन्। शुक्रबार एकैदिन १४ जना संक्रमित फेला परेका थिए।

२०७७ बैशाख ६ शनिबार, राति ८:४० बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । शुक्रबार मात्र एकै दिन १४ जना कोरोना सँक्रमण पुष्टि भएर ३० पुगेको नेपालमा आज (शनिबार) ३१ पुगेको छ ।
आज थप एक जनामा कोरोना सँक्रमणको पुष्टि भएको स्वास्थ्य तथा जनसँख्या मन्त्रालयले जनाएको छ । विहिबारसम्म १६ जना रहेकोमा शुक्रबार एकैदिन १४ जनामा सँक्रमण पुष्टि भएपछि ३० जना पुगेको थियो ।
शनिबार (आज) एक ६५ वर्षीय पुरुषमा भाइरसको संक्रमण देखिएको भन्दै अधिकारिक वेभसाइटमा सूचना अपडेट गरेको हो ।
नेपालमा आज साँझसम्म ८०१७ जनामा गरिएको परीक्षणमध्ये ३१ जनाको सँक्रमण पुष्टि भएको हो भने ७९८७ मा नदेखिएको हो । त्यसमध्ये ११७ जना आईसोलेशनमा राखिएको छ भने २ जना अस्पतालबाट निको भएर डिस्जार्च भएर घर फर्केका छन् । एक जना आजै डिस्चार्ज भएको हो ।
आज जनकपुरमा रयापिड टेस्टको परीक्षणको क्रममा जनकपुरमा समेत एक जनामा आरडिटीमा पोजिटिभ देखिएको हो भने पिसिआर अर्थात अन्तिम परिणाम आउन बाँकी छ ।
संक्रमितमध्ये तीन जना उपचारपछि डिस्चार्ज भइसकेका छन्। शुक्रबार एकैदिन १४ जना संक्रमित फेला परेका थिए।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…