जनकपुरमा पैसा फालेर फरार दुबै महिला पक्राउ
यसमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

२०७७ बैशाख ६ शनिबार, बेलुकी ५:२९ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । जनकपुरको सडकमा पैसा फालेर त्रास फैलाएका दुई महिला पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा जनकपुरधाम उपमहानगरपालिका दुबै महिला नन्द र भाउजू हुन् ।
उनीहरुलाई जनकपुरधाम ७ जानकी नगरबाट प्रहरीले आज (शनिबार) पक्राउ गरेको हो । दुबै महिलले शुक्रबार दिउँसो साढे १२ बजेको समयमा जनकपुरको महावीर चौकको बाटोमा १० रुपैयाँको एकदर्जन बढी नोट फालेर भागेकी थिइन् ।
कोरोना फैलाउन भन्दै ती दुबै महिलाले पैसामा थुक लगाएर बाटोमा फालेको हुन सक्ने आशंका गरिएको थियो । प्रहरीले पैसा फालेर त्रास फैलाउने दुबै महिलाको तस्बीर सीसीटभीबाट पत्ता लगाइ पक्राउ गर्न सार्वजनिक गरेको थियो ।
प्रहरीले हिजैदेखि उनीहरुको खोजी तीव्र पारेको थियो । आज पक्राउ परेका उनीहरुको प्रादेशिक अस्पतालमा स्वास्थ्य जाँचका साथै कोरोना परिक्षणको पक्रिया सुरु गरिएको छ ।
यसमाथि थप अनुसन्धान भइरहेको धनुषाका प्रहरी प्रवक्ता तथा डिएसपी रामेश्वर कार्कीले जानकारी दिए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…