प्रदेश २ सरकारको अनुगमन टोलीले थाल्यो अनुगमन
न्यूज ब्यूरो, जनकपुरधाम । प्रदेश २ को प्रदेशसभाले गठन गरेको अनुगमन समितिले प्रदेशका आठै जिल्लाको अनुगमन सुरु गरेका छन् । कोरोना भाइरस (कोभिड १९) रोकथामका लागि प्रदेश तथा स्थानीय सरकारले गरेका कार्यबारे प्रदेशस्तरीय सर्वदलीय अनुगमन समितिले आजदेखि अनुगमन थालेका हुन् । अनुगमन टोलीले प्रदेश भरिका सबै जि

२०७७ बैशाख ६ शनिबार, बेलुकी ५:१० बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । प्रदेश २ को प्रदेशसभाले गठन गरेको अनुगमन समितिले प्रदेशका आठै जिल्लाको अनुगमन सुरु गरेका छन् ।
कोरोना भाइरस (कोभिड १९) रोकथामका लागि प्रदेश तथा स्थानीय सरकारले गरेका कार्यबारे प्रदेशस्तरीय सर्वदलीय अनुगमन समितिले आजदेखि अनुगमन थालेका हुन् ।
अनुगमन टोलीले प्रदेश भरिका सबै जिल्लाका विभिन्न पालिकामा अनुगमन गर्नेछ । टोलीमा समाजवादी पार्टीका प्रदेश सांसद तथा प्रमुख सचेतक शैलेन्द्र यादव, राजपाका सांसद तथा प्रमुख सचेतक प्रमेश्वर साह, नेकपाका सांसद रामचन्द्र मण्डल, नेपाली कांग्रेसका सांसद तथा प्रमुख सचेतक रामसरोज यादवसहित चिकित्सकसमेत सामेल छन् ।
टोलीले प्रदेशस्तर, जिल्लास्तर र स्थानीय तहमा सञ्चालित क्वारेन्टाइन, आइसोलेटेड अस्पताल, कोरोना विशेष अस्पतालहरुमा भएका काम कारवाही, राहत वितरण कार्य, नागरिकको जनजीवनमा परेको प्रभाव बारे अनुगमन गर्ने जनाइएको छ ।
अनुगमन पश्चात् प्रदेश सरकारलाई सुझाव दिइने अनुगमनको क्रममा धनुषामा भेटिएका समितिका संयोजक शैलेन्द्र यादवले जानकारी दिए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…