नेपालमा एकैदिन थपिए १४ कोरोना संक्रमित, संक्रमितको संख्या ३० पुग्यो
एकैदिन १४ जनामा संक्रमण पुष्टि भएसँगै नेपालमा जोखिम थप बढेर गएको छ ।

२०७७ बैशाख ५ शुक्रबार, राति ८:०० बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, काठमाडौं । नेपालमा एकैदिन थप १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
उदयपुरमा आज (शुक्रबार) मात्रै १२ जना र चितवनका २ जना गरी १४ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । उदयपुरका १२ संक्रमित एक मस्जिदमा बसेका थिए ।
उनीहरु मध्ये अधिकांश भारतीय हुन् । उदयपुरको केसले समुदायमा संक्रमित गराउँछ कि भन्ने डर देखाएको स्वास्थ्य मन्त्रालयका एक अधिकारीले बताए ।
चितवनबाट बिहीबार बेलुका ल्याइएको २ वटा स्वाबको रिपोर्ट पोजिटिभ देखिएको पनि स्वास्थ्य मन्त्रालयले जनाएको छ । एकैदिन १४ जनामा संक्रमण पुष्टि भएसँगै नेपालमा जोखिम थप बढेर गएको छ ।
यससँगै नेपालमा कोरोना संक्रमित संख्या ३० पुगेको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…