लकडाउनमा शुल्क नतिरे पनि इन्टरनेटको लाइन नकाट्न निर्देशन
न्यूज ब्यूरो, काठमाडौं । लकडाउन अवधिभर शुल्क नतिरे पनि इनटरनेटको लाइन नकाट्न दूरसञ्चार प्राधिकरणले इन्टरनेट सेवा प्रदायक कम्पनीहरुलाई निर्देशन जारी गरेको छ । लकडाउनको समयमा केही इन्टनेट सेवा प्रदायकले समयमा महशुल भुक्तानी नगरेको कारण सेवा अवरुद्ध गरेको भन्ने गुनासो आएसँगै प्राधिकरणले एक सूचना जारी ग

२०७७ बैशाख ५ शुक्रबार, बेलुकी ५:१८ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, काठमाडौं । लकडाउन अवधिभर शुल्क नतिरे पनि इनटरनेटको लाइन नकाट्न दूरसञ्चार प्राधिकरणले इन्टरनेट सेवा प्रदायक कम्पनीहरुलाई निर्देशन जारी गरेको छ ।
लकडाउनको समयमा केही इन्टनेट सेवा प्रदायकले समयमा महशुल भुक्तानी नगरेको कारण सेवा अवरुद्ध गरेको भन्ने गुनासो आएसँगै प्राधिकरणले एक सूचना जारी गर्दै विषम परिस्थितिमा अत्यावश्यक सेवाहरु सूचारु राख्नुपर्ने भएकाले लाइन नकाट्न निर्देशन दिएको हो ।
प्राधिकरणले लकडाउनको अवधिमा इन्टरनेट सेवाको महशुल भुक्तानी गर्न असमर्थ भएको अवस्थामा सेवा अवरुद्ध हुँदा आम मानिसमा त्यसको नकारात्मक असर पर्न जाने भएकोले सम्भव भएसम्म अनलाइन माध्यमबाट भुक्तानी लिने व्यवस्था गर्न आग्रह गरेको छ ।
भुक्तानी गर्न असमर्थ ग्राहकहरुको इन्टरनेट सेवा समेत निरन्तर सञ्चालन हुने गरी लकडाउन अवधिपश्चात विलम्ब शुल्क नलिई भुक्तानी लिने व्यवस्था मिलाउन दूरसञ्चार प्राधिकरणल सेवा प्रदायकलाई निर्देशन दिएको हो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…