भोकभोकै हिडिरहेका अलपत्र यात्रीलाई निःशुल्क भोजन
न्यूज ब्यूरो, धनुषा । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) रोकथामका लागि नेपालमा गरिएको लकडाउनका कारण काठमाडौंबाट फर्किरहेका सर्वसाधारणलाई धनुषामा निःशुल्क भोजन गराइँदैछ । काठमाडौंमा खानसमेत समस्या भएपछि निरन्तर रुपमा पैदलै आइरहेका यात्रीहरुलाई पूर्वपश्चिम राजमार्गस्थित धनुषाको धा

२०७७ बैशाख ५ शुक्रबार, बिहान १०:३४ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, धनुषा । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) रोकथामका लागि नेपालमा गरिएको लकडाउनका कारण काठमाडौंबाट फर्किरहेका सर्वसाधारणलाई धनुषामा निःशुल्क भोजन गराइँदैछ ।
काठमाडौंमा खानसमेत समस्या भएपछि निरन्तर रुपमा पैदलै आइरहेका यात्रीहरुलाई पूर्वपश्चिम राजमार्गस्थित धनुषाको धारापानीमा निःशुल्क खानाको व्यवस्था गरिएको हो ।
धनुषाधाम वडा ९ का वडाध्यक्ष संजिव यादवको अगुवाई तथा धनुषाधाम नगरपालिकासहित त्यहाँका स्थानीय व्यापारी, युवा तथा नागरिकसमाजको सहयोगमा भोजनको प्रवन्ध गरिएको छ । त्यहाँ स्वयंसेवक पनि परिचालन गरिएको नगरप्रमुख बालेश्वर मण्डलले जानकारी दिए ।
लकडाउनमा आवतजावत गर्न निषेध गरिएपनि काठमाडौंमा खान समस्या भएपछि त्यहाँ बसिरहेका सर्वसाधारणहरु घर फर्किरहेका छन् । लकडाउनमा गाडी तथा पसलहरु समेत बन्द रहेको अवस्थामा फर्किरहेका सर्वसाधारणहरुको प्राण जोगाउन खानाको खुवाइरहेको वडाध्यक्ष यादवले बताए ।
सरकारले कसैलाई पनि भोका नछाड्ने गरेको आग्रहलाई आत्मसात गर्दै यस्तो प्रबन्ध मिलाएको प्रमुख प्रशासकीय अधिकृत गणेशराज कार्कीले जनाए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…