जनकपुरः लकडाउनको नियमलाई धज्जिया उडाइए !
लकडाउन आम उपभोक्ता, सर्वसाधारणकै लागि हो भनेर अझै चेतना नआएकोप्रति दुःख व्यक्त गरेको छ ।

२०७७ बैशाख ४ बिहीबार, बिहान ११:०७ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । सरकारले लकडाउनलाई अझै कडा बनाउने निर्देशन दिएको बेला जनकपुरमा लकडाउनको नियमलाई धज्जिया उडाइएको छ ।
दृश्यमा जनकपुरधाम उपमहानगरपालिका वडा नं. ३ अँगराज पाखेरी देखि वडा नं. ९ देवीचोक जाने जाने बाटोको हो । विहानै करिब ७ बजे लकडाउनको नियमलाई धज्जिया उडाउँदै बजार लागिएको देखिएको छ ।
अँगराज पोखरीको उत्तरपट्टिको डिल तथा शिव चाट हाउसदेखि मिल्स एरिया जाने बाटो पानी टयाँकी नजिकै बजार लगाइएको थियो ।
प्रशासनले समाजिक दुरी कायम गरी मात्र अति आवश्यक वस्तु खरिद गर्न बारम्बार अनुरोध गरिएपनि आम सर्वसाधारणहरुले त्यसलाई धज्जिया उडाएको देखिएको छ ।
तरकारी बेच्न ठेलाबाला व्यापारीहरुले समाजिक दुरी अनुसार ठेला लगाएपनि आम उपभोक्ताहरुले पनि लकडाउनको धज्जिया उडाएको देखिएको छ ।

अस्ति मात्र जिल्ला विपद व्यवस्थापन समितिले अत्यावश्य वस्तुको पसल खोल्न दिने भनिएपछि सूचनाको अबुझ र गलत प्रचारले व्यापारीहरु पसल खोल्न थालिएको देखिएको छ ।
बुधबार एक जना कपडा पसलेलाई जिल्ला प्रहरी कार्यालय धनुषाले पक्राउ समेत गरेको छ ।
यता, जानकी प्रहरी चौकीको करिब १५० मिटरको मात्र दुरीमा विहानै लकडाउन उलंघन भएको देखिएको छ । मोटो सँख्यामा उपभोक्ता, सर्वसाधारणहरु किनमेल गरिरहेको देखिएको छ ।
यसबारे, जिल्ला प्रहरी कार्यालय धनुषाले केही बेर अगाडी मात्र जानकारी आएको भन्दै यस उपर कडा कदम चाल्ने बताएको छ । प्रहरीको अनुपस्थितिमा लकडाउनको उलंघन गरेको भन्दै कडा रुपमा प्रस्तुत हुने जानकारी दिए ।
लकडाउन आम उपभोक्ता, सर्वसाधारणकै लागि हो भनेर अझै चेतना नआएकोप्रति दुःख व्यक्त गरेको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…