लकडाउनमा थप कडाई, उल्लंघन गर्नेलाई थुनामा राखिने
न्यूज ब्यूरो, काठमाडौं । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) नियन्त्रण तथा रोकथामका गरिएको लकडाउनमा थप कडाई गरिने भएको छ । सरकारले लागू गरेको लकडाउनलाई कडाईका साथ पालना गराउने निर्णय उच्चस्तरीय समितिले गरेको हो । यसअघि पनि कडा पार्ने भनिएको लकडाउन उल्लंघनका घटना रोकिएको छैन । सर्

२०७७ बैशाख ४ बिहीबार, बिहान ५:५१ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, काठमाडौं । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) नियन्त्रण तथा रोकथामका गरिएको लकडाउनमा थप कडाई गरिने भएको छ ।
सरकारले लागू गरेको लकडाउनलाई कडाईका साथ पालना गराउने निर्णय उच्चस्तरीय समितिले गरेको हो । यसअघि पनि कडा पार्ने भनिएको लकडाउन उल्लंघनका घटना रोकिएको छैन ।
सर्वसाधारणबाट लकडाउन उल्लंघनको क्रम नरोकिएपछि उच्चस्तरीय समितिले अत्यावश्यक सेवा बाहेकका मानिसको आवागमन पुरै बन्द गर्ने निर्णय गरेको छ । बैठकले लकडाउन उल्लंघन गर्नेलाई संक्रमण रोक ऐन २०२० को दफा अनुसार थुनामा राख्नेसम्मको कारवाही गर्ने निर्णय गरेको हो ।
यसका लागि प्रहरी परिचालनलाई पनि तिब्रता दिइने समितिका संयोजक उपप्रधानमन्त्री एवं रक्षा मन्त्री ईश्वर पोखेरलले जनाए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…